सेवाग्राहीसँग घुस मागेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी निलम्बनमा

(नेपाल क्राईम)

सेवाग्राहीसँग घुस मागेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी निलम्बनमा परेका छन् । राष्ट्रिय सभागृहस्थित राष्ट्रिय परिचयपत्र एकाइमा कार्यरत अधिकृत आठौँ तहका कर्मचारी अब्दुल मजिद खानलाई मेयर बालेन्द्र साहले निलम्बन गरेका हुन् ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि उनले गत २९ कात्तिकमा दुई हजार रुपैयाँ घुस मागेको उजुरी मेयरको सचिवालयमा परेको थियो । तत्कालै नगर प्रहरीले उनलाई महानगरपालिकाको कार्यालयमा ल्याएर सोधपुछ गरेको थियो । प्रारम्भिक सोधपुछमा पैसा मागेको आधार देखिएपछि उनलाई निलम्बन गरिएको महानगरपालिका स्रोत बताउँछ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *