अन्डरवर्ल्ड नेटवर्कको एजेन्ट भन्दै रकम असुली गर्ने चिकित्सक पक्राउ

(नेपाल क्राईम)

आफूलाई अन्डरवर्ल्ड नेटवर्कको एजेन्ट बताएर रकम असुली गर्न खोजेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुर स्थायी घर भइ ललितपुर बस्दै आएका एमबीबीएस डाक्टर आशिष दाहाल रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ ।

प्रहरीका अनुसार, दाहालले ह्वाट्स एपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गर्ने गरेका थिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *