नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङले शैक्षिक सामग्री हस्तान्तरण

(महेन्द्र  सिंह )

नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १६ पर्सास्थित शान्ति बाल गृहमा शनिबार संघकी अध्यक्ष लक्ष्मी कुँवरले शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेकी हुन् ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कठायत, नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशकी अध्यक्ष निलम कठायत, लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठ, श्रीमती सुमन श्रेष्ठ, शान्ति बाल गृहका संचालन भोलानाथ योगी, जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, दाङको पाण्डेश्वरी मन्दिर धारापानीमा प्रहरी परिवार पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । संघकी अध्यक्ष कुँवरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।दाङको पाण्डेश्वरी मन्दिर धारापानीमा प्रहरी परिवार पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । संघकी अध्यक्ष कुँवरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *