2024-11-15
घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ
(नेपाल क्राईम)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
आयोगको हेटौडा कार्यालयले बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
उनले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस माग गरेका थिए । आयोगले उक्त रकम घुस लिइसकेको अवस्थामा साहलाई नियन्त्रणमा लिएको हो ।