झापा हुँदै बंगलादेश लैजाँदै गरिएका १९ चौपाया प्रहरीले दाउन्नेमा बरामद
(नेपाल क्राईम) नेपालको झापा हुँदै बंगलादेश लैजाँदै गरिएका १९ चौपाया प्रहरीले दाउन्नेमा समातेको छ ।पश्चिम नवलपरासीका विभिन्न स्थानबाट खरिद गरेर महेन्द्र राजमार्गको पूर्वी नाका झापा हुँदै बंगलादेश लैजान भनेर गाडीमा ल्याइएका १५ वटा जर्सी गाई र ४ वटा गोरु शुक्रबार दिउँसो बरामद गरिएको हो ।मिनी ट्रकमा कोचाकोच गरेर ल्याइँदै गर्दा एउटा गाई र गोरु ट्रकमै मरेको पाइएको छ । दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका विभिन्न स्थानमा खरिद गरिएको चौपाया मासुको प्रयोजनका लागि पूर्वीनाका हुँदै प्रहरीकै सेटिङमा बंगलादेश लैजाने गरेको पाइएको छ । ट्रक र चौपाया स्याहार्ने मजदुरसमेत पक्राउ परेका छन् । पश्चिम नवलपरासीमा १० कठ्ठा भन्ने स्थानबाट ती चौपाया शुक्रबार बिहान गाडीमा राखेर लैजाँदै गरेको अनुसन्धानबाट खुलेको छ । दाउन्नेमा समातिएको चौपाया बोकेको ग प्र ०३००ख २२७० नम्बरको ट्रक प्रहरीले त्रिवेणीधाम लगेको हो ।ट्रकमा ल्याइँदै गरेका चौपाया समातेर भन्सार बुझाइएको छ ।(रास्स)