प्रहरी हिरासतमै थुनुवाले गरे आत्महत्या

(नेपाल क्राईम)

कपिलवस्तुको प्रहरी हिरासतमा रहेका एक युवाले आत्महत्या गरेका छन् । जबरजस्ती करणी मुद्दामा गत कात्तिक १५ गते पक्राउ परेको विजयनगर गाउँपालिका–५, ठकुरापुरका २३ वर्षीय नसरुद्दिन खाले इलाका प्रहरी कार्यालय गणेशपुरको थुनुवा कक्षमा रहेको शौचालयमा आत्महत्या गरेका हुन् ।

मङ्गलवार बिहान साढे ५ बजेतिर शौचालय गएका उनी फलामको सरियामा लामो रुमालको पासो बनाएर झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *