रेड नोटिस जारी भएका फरार दिलीप राउतलाई कुवेतबाट पक्राउ गरेर काठमाडौं ल्याइयो

(नेपाल क्राईम)

नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार दिलीप राउतलाई कुवेतबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका प्रतिवादी धनुषाको जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका राउतलाई पक्राउ गरेर मंगलबार काठमाडौं ल्याएको विज्ञप्तिमा उल्लेख छ ।एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका राउतलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *