2024-11-05
गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङेलाई सर्वोच्चबाट दोषी ठहर
(नेपाल क्राईम)
गण्डकी प्रदेशसभा सदस्य एवं गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
आज (मंगलबार) न्यायाधीश डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।