होटल संचालकको करेन्ट लागेर मृत्यु

(नेपाल क्राईम)

कैलालीको धनगढीस्थित बसपार्क पछाडी होटल संचालकको करेन्ट लागेर मृत्यु भएको छ।

मोहन्याल गाउँपालिका–५ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडी जानकी होटल संचालन गरी बसिरहेको ३८ वर्षीय अरुण बुढामगरको शुक्रवार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *