आफुलाई एसपीको दाहिने हात भन्ने आतिश खान लगायतका घुमुवा प्रहरीले जुवाखालबाट रकम गायव गरे
(नेपाल क्राईम) बाँके हिंजोआज दैनिक जस्तो जुवाडेहरु पक्राउ परिरहेका छन् । अहिलेसम्म प्रहरीले बेलासपुर ,परसपुर ,बेलभार , जयसपुर, राप्तीसोनारी, वसपार्क लगायतका क्षेत्रबाट लाखौं रुपैयाँसहित जुवाडेहरु पक्राउ गरिसकेको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीको निर्देशनमा जिल्लामा जुवातास विरुद्ध प्रहरी आक्रामक रुपमा उत्रिएको छ । कानुन वर्जित जुवातास नियन्त्रणमा एसपीको ठाडो निर्देशन भएपछि मातहत पनि तातिएका छन् । तर घुमुवा प्रहरीलाई भने मोटो रकम असुली गर्ने ठूलो मौका मिलेको छ । एसपी कार्कीलाई गुम्राहमा राखेर घुमुवाहरुले जुवाखालबाट बरामद गरेको रकम नै गायव पार्ने गरेका छन् । गएको कार्तिक ५ गते राती राप्तीसोनारी(६ स्थित संजय रानाको घरबाट ३ लाख ९१ हजार रुपैयाँ सहित २० जना जुवाडे पक्राउ परे । उक्त जुवाखालमा घुमुवाका इन्चार्ज प्रहरी हवल्दार आतिस खानको नेतृत्वमा टोलि पनि पुगेको थियो । एसपीलाई गोप्य सूचना प्राप्त हुना साथ उनले वडा प्रहरीबाट दुई जना प्रहरीलाई गाडीसहित राप्तीसोनारी पठाएका थिए । प्रहरीले सफलता पनि हात पार्यो ।
त्यहाँ २० जना जुवाडेसहित करिव १० लाख रुपैयाँ खालबाटै प्रहरीले फेला पारेको थियो । तर घुमुवा प्रहरीले ६ लाखबढी रुपैयाँ गायव पारे । उनीहरुले केवल ३ लाख ९१ हजार रुपैयाँ मात्रै बरामद गरेको एसपी कार्कीलाई जाहेर गरे । बाँकी आफैले राखे । बरामद गरिएको ६ लाख बढी रकममध्ये आधा रकम जुवाडेलाई नै फिर्ता गर्ने सहमति घुमुवा इन्जार्च खानले गरेका थिए ।
कुरा बाहिरिन थालेपछि खानले सुटुक्क जुवाडेलाई रकम फिर्ता गरे । तर खानसहित पुगेका घुमुवाका प्रहरी जवान वीरबहादुर ताउलेले भागबन्डामा परेको रकम फिर्ता नगरेपछि कुरा बाहिरियो । उनले ४० हजार रुपैयाँ जुवाडेलाई फिर्ता गर्नुपर्ने थियो । रकम माग्दै जुवाडेले ताकेता गरेपनि ताउलेले अझैसम्म रकम फिर्ता गरेका छैनन् ।अहिले उक्त घटनाबारे एसपी कार्कीलाई समेत जानकारी भइसकेको छ ।
बाँकेमा हवल्दार खानको नेतृत्वमा ताउलेसहित प्रहरी हवल्दार राम सुमन चौधरी, सहायक हवल्दार शशी शाह, प्रहरी सहायक हवल्दार गंगाराम मल्ल, प्रहरी जवान विनोद केसी घुमुवाका रुपमा परिचालन छन् । जुवाडेहरुसँग मात्र होइन उनीहरुले तस्करसँग पनि रकम असुल्दै आएका छन् ।उक्त घटना बाहिर आउने बितिकै प्रहरी हवल्दार आतिस खान बिदामा बसेका छन ।
एसपी कार्कीलाई गुम्राहमा राखेर उनीहरुले तस्करका नाइके र हुन्डी कारोवारीसँग मोटो रकम असुल्दै आइरहेको छ । यति मात्र कहाँ हो र जुन सुकै नयाँ कार्यालय प्रमुख आए पनि खाँनले आफ्नो भुमिका लिने गरेको पाईएको छ । खाँन कमाउँनकै लागि जिल्ला प्रहरी बाँके आएका हुन । खाँनको मिलोमतोमा बाँकेमा तस्करी हुने गरेको स्रोतका अनुसार एक नेताको सिफारिसमा खाँनको काज गरिएको थियो । सुरक्षा भन्दा बदि उनी नै कमाउधन्दामा लागेपछि सुरक्षा व्यवस्था फितलो भैरहेको छ ।बोलीमा मिठास भएका खाँनको नियत भने शंकापद देखिएको सर्वसाधारण बताउँछन् उनी विवादित प्रहरी हवल्दार हुन्। पछिल्लो समय प्रहरीका लुम्बिनी प्रदेशदेखि अन्य प्रदेश तथा जिल्लाका घुमुवा हरु गैर व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ ।जिल्लाका केहि उच्च अधिकारीका हाकिमहरुलाई आफ्नै मुठीमा लिई तस्करीबाट मोटो रकम असुल्दै आएका छन । केहि उच्च अधिकारीको शक्ति र भक्तिको आडमा उनि बाँके जिल्ला हिरमिनिया दरबन्दी भएता पनि कहिले नेपालगन्जको एअरपोर्ट त कहिले रोल्पा अहिले जिल्ला प्रहरी बाँके जान सफल प्रहरी हवलदार हुन पैसा र पावरकै वलमा खाँनले बाँके जिल्ला छोड्नु परेको छैन । जुन सुकै नयाँ कार्यालय प्रमुख आए पनि खाँनले आफ्नो भुमिका लिने गरेको पाईएको छ ! (रास्स)