2024-10-29
खसीको मासु भन्दै बाख्राको मासु बेच्ने पसले पक्राउ
(नेपाल क्राईम)
सिरहाको लहानमा खसीको भन्दै बाख्राको मासु बेच्ने पसले पक्राउ परेका छन् ।
सिरहा नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा सोमबार गरिएको बजार अनुगमनका क्रममा खसीको नाममा बाख्राको मासु बेच्ने गरिएको पाइएको हो ।
महतोका अनुसार ती पसलेलाई पाँच हजार जरिवाना गरी आगामी दिनमा त्यस्तो नगर्ने सर्तमा छाडिएको छ । यस्तै लहान बर्गर हाउसले गुणस्तरहीन खानेतेल प्रयोग गरेको भेटिएपछि ११ हजार जरिवान गरिएको छ ।