2024-10-27
२ सय २१ किलो ३८ ग्राम गाँजासहित पक्राउ
(नेपाल क्राईम) जनकपुरमा करिब २ सय २१ किलो ३८ ग्राम गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । ना.५ ख १७७ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको १६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक प्रकाशलाई पक्राउ गरेको थियो ।