नेपाल प्रहरीको प्रहरी निरीक्षक(इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक(असई)को भर्नामा न्यून आवेदन

(नेपाल क्राईम)                                                              नेपाल प्रहरीको प्रहरी निरीक्षक(इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक(असई)को भर्नामा न्यून आवेदन परेको छ । ६४ इन्स्पेक्टरको मागमा दुई हजार ३०५ तथा २५६ असइको मागमा १५ हजार ९२१ आवेदन परेको छ ।

यो आवेदन अन्य सरकारी सेवा तथा विगतको तुलनामा न्यून हो । गत वर्ष इन्स्पेक्टरमा ९६ जनाको माग हुँदा दुई हजार ७९३ तथा असइमा २६० जनाको मागमा १९ हजार ९३२ जनाको आवेदन परेको थियो ।

प्रहरी प्रवक्ता दानबहादुर कार्की अपेक्षित रूपमा आवेदन नपरेको बताउँछन् । ‘सुरक्षा सेवामा आकर्षण घट्दै गएको तथ्यांकले देखाउँछ,’ उनी भन्छन्,‘जोखिमपूर्ण जागिर, न्यून सेवा–सुविधा र शारीरिक परिश्रम गर्नुपर्ने भएकाले धेरै आकर्षण नदेखिएको हो भन्ने लाग्छ ।’विगत वर्षमा एकपटक मात्र भर्ना खुल्नेमा अहिले दुईपटक खुल्ने गरेकाले पनि संख्या केही कम देखिएको हुनसक्ने प्रवक्ता कार्कीको भनाइ छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *