आजदेखि सर्वसाधारणका लागि खुला गरिएको धरहराको टिकट आइतबारसम्मका लागि बुक

(Nepal Crime)                                                   आजदेखि सर्वसाधारणका लागि खुला गरिएको धरहराको टिकट आइतबारसम्मका लागि बुक भएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए ।  सरकारले संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ ।

धरहरा चढ्नका लागि बुकिङ गर्न  ‘धरहरा डट कम डट जिओबी डट एनपी वेबसाइट सञ्चालन गरिएको छ ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *