तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज
(नेपाल क्राईम ) तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज लगाइने भएको छ । गत सालहरूमा हरेक जिल्ला प्रशासनले पटाकाजन्य पदार्थ नपड्काउन सामान्य सूचना जारी गरे पनि पटाका अवैध किनबेच र पड्काउने कार्य हुने गरेका थिए । यस पटक सरकारले देशव्यापी रूपमा सर्कुलर जारी गरेरै पटाकाजन्य पदार्थ ओसारपसार र प्रयोगमा बन्देज लगाउने तयारी गरेको छ ।
दसैँअघि नै नेपालबाट मनसुन बाहिरिसकेकाले मौसम सुक्खा र चिसो हुँदै छ । जसका कारण वायुमा सुक्खापनसँगै प्रदूषणको मात्रा बढ्न थालेको छ । वातावरण र मानिसको जिउधनमा असर पार्ने भएकाले पनि तिहारमा पटाकाजन्य पदार्थमा पूर्ण रूपमा बन्देज लगाइने तयारी !
सीमानाकामा सुरक्षाकर्मीको डेस्क नै तैनाथ गरेर अवैध ओसारपसार नियन्त्रण गर्ने तयारी सरकारले गरेको बताए ।
पटाका पड्काएपछि एकछिन रमाइलो लागे पनि त्यसले दिने असर मानव जीवन र जगत्मा दीर्घकालीन हुने भएकाले पहिले नै सचेतना अपनाउनुपर्ने वातावरण विभागले जनाएको छ ।