डिआइजी र एसएसपीमा बढुवाको तयारी
(नेपाल क्राईम)
नेपाल प्रहरीमा रिक्त एआइजी पदमा बढुवामा सिफारिससँगै तल्लो तहमा पनि बढुवाको सरगर्मी बढेको छ।
बढुवाका आकांक्षीहंरु शक्तिकेन्द्र धाउन थालिसकेका छन्। खासगरी डिआईजी र एसएसपी बढुवामा ठूलो रस्साकस्सी छ।
हाल प्रशासनतर्फ डिआइजीका चार र एसएसपीका १२ पद रिक्त छन्। एआइजीमा बढुवा सिफारिस भएकी किरण राणाले १६ कात्तिकमा अवकाश पाएपछि डिआइजीका ५ पद रिक्त हुनेछन्।
११ कात्तिकमा डिआइजी राजेश बास्तोलाले अवकाश पाउने भएकाले त्यसबेला डिआइजीको थप एक पद रिक्त हुनेछ भने एआइजी रामदत्त जोशीले १८ कात्तिकमा अवकाश पाउनेछन् ।
जसअनुसार तिहारपछि डिआइजीका सात पद रिक्त हुने छन् । जसकारण डिआइजीको बढुवा भने तिहारपछि मात्र हुने ।
तिहारपछि सुरुमा दुई एआइजीको बढुवा गर्नुपर्ने हुन्छ । जसमा दुर्गा सिंह र बुद्धीराज गुरुङ प्रमुख दाबेदार छन् ।
एआइजीपछि डिआइजी र एसएसपीको बढुवा गर्नुपर्ने भएकाले मंसिरमा मात्र प्रक्रिया हुने सम्भावना छ। सात पद रिक्त भएपनि डिआइजी बढुवामा दुई दर्जन एसएसपीबीच प्रतिस्पर्धा छ।
धुव्रराज राउत, दिनेश आचार्य ,भोला रावल, गणेश चन्द, शिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की र बरियतामा अगाडि छन्।त्यस्तै, अरुण पौडेल, गोविन्द थपलिया, माधव प्रसाद श्रेष्ठ, दिपेन्द्र जिसी, दिपक रेग्मी, दिलिपसिंह देउजा, विनोद घिमिरे , सुदर्शन कोइराला, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ, संजीव शर्मा दास , तुल बहादुर कार्की र शारदा प्रसाद चौधरी समेत छन्।