८९ वटा मोबाइलसहित नुवाकोटबाट एकजना पक्राउ

(नेपाल क्राईम)                                                                  भन्सार छलेको मोबाइलसहित प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–५ बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–१ घर भएका ५९ वर्षीय डम्बर सिंह विष्ट छन् । गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ८६१२ नम्बरको हायस माइक्रोमा सवार विष्टको साथबाट विभिन्न कम्पनीका ८९ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले  बताए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *