नवलपरासीको सुस्तामा गत बिहीबार साँझ गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

(नेपाल क्राईम) पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुस्ता गाउँपालिका–२, मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई

लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ

(नेपाल क्राईम) कञ्चनपुरमा लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारको सब्जी मन्डी जाने रोडमा युपी ०६ बिडी ८८०२ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई चेकजाँच गर्दा भारत उत्तराखण्ड जिल्ला उधमसिंहनगर खटिमा बस्ने २७ वर्षीय सलमान शाह र २४ वर्षीय प्रभजोत सिंह खिंडा पक्राउ परेका हुन्।

दुर्घटना भएको कारबाट एकसय ३० किलो गाँजा फेला

(नेपाल क्राईम)                                                       पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ । सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्व अधिकारीलाई

(नेपाल क्राईम) नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीको सम्पादित काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न जिम्मेवारी तोकिएको छ ।’

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी)को बढुवामा सिफारिस समिति नराख्ने निर्णय

(नेपाल क्राईम) सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी)को बढुवामा सिफारिस समिति नराख्ने निर्णय गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको प्रहरी विधेयकको मस्यौदामा आईजीपी बढुवामा पनि सिफारिस समितिको प्रावधान राखिएकोमा त्यसलाई हटाइएको हो । मन्त्रिपरिषद्को विधेयक समितिको शुक्रबारको बैठकले यस्तो प्रावधान उपयुक्त नहुने सुझावका आधारमा समिति नराख्ने निर्णय गरेको हो । नेपाल प्रहरी र सशस्त्रले लोकसेवा

६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा

(नेपाल क्राईम)                                                               शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ। जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा,

आकर्षक तलबमा दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

(नेपाल क्राईम) आकर्षक तलबमा दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका (६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् । उनलाई काठमाडौँबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । आकर्षक तलबमा दुबई पठाइ दिने भन्दै चित्रकारले पीडितसँग ४ लाख रुपैयाँ लिएको र त्यसपछि उनी

नेपाल पत्रकार महासङ्घको निर्वाचन आज

(नेपाल क्राईम)                                                           नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज हुँदै छ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि

नेपाली सेनामा विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुल्यो

(नेपाल क्राईम)ब                                                        नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ। नेपाली सेनाले प्राड–प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो। भर्ना छनौट

२९ हजार ७ सय अमेरिकी डलरसहित एक जना पक्राउ

(नेपाल क्राईम) झापाको कमल गाउँपालिका-३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पूर्वपश्चिम लोक मार्गअन्तर्गत कमल-३ स्थित केर्खाबाट गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।त्यहाँस्थित पूर्वपश्चिम लोकमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको