(नेपाल क्राईम) बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–४ दिउनाकी ६५ बर्षीया हिरा बिष्टको खर काट्ने क्रममा भिरबाट लडेर शुक्रवार बिहान मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडाअध्यक्ष तर्कराज भट्टले बताएका छन्। खर काट्न आफ्नी बुहारीसँगै गएकी बिष्ट उच्चाइनी भन्ने भिरबाट लडेकी हुन्।
(नेपाल क्राईम) कैलालीको अत्तरियामा अवैध काठसहित एक जना पक्राउ परेका छन्। शुक्रवार चुरे गाउँपालिका–६ का २७ वर्षीय भक्तबहादुर थापा अवैध काठसहित पक्राउ परेका हुन्। उनले चलाएको से १ ख १३५० नम्वरको मिनिट्रकमा इलाका प्रहरी कार्यालय मालाखेती मातहतको अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।
(नेपाल क्राईम) बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ परेका छन् । सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घूस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
(नेपाल क्राईम) भारतीय सशस्त्र सीमा बल (एसएसबी) नम्बर ३ बटालियन परिसरमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर, कैलाली र भारतीय सशस्त्र सीमा बल (एसएसबी) नम्बर ३ बटालियनको बिच मासिक समन्वयात्मक बैठक सम्पन्न भएको छ।नेपालको तर्फबाट कैलाली जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको
(नेपाल क्राईम) जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीका विभिन्न घटना संलग्न ८ जनालाई सार्वजनिक गरेको छ । असोज २२ गते हेटौंडा सिमेन्ट उद्योगबाट तार चोरी भएसँगै घटनामा संलग्नलाई पक्राउ गर्न लागेको मकवानपुर प्रहरीले ५ वटा चोरीको घटनामा संलग्न आठजनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले हेटौंडा सिमेन्ट उद्योगबाट चोरी भएका बिजुलीको तारसहित ३ जना पक्राउ गरेको छ
(नेपाल क्राईम) मन्त्रिपरिषद् बैठकले सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम
(नेपाल क्राईम) साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । यससँगै नेपाल समूह विजेता बनेको छ ।नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा