(नेपाल क्राईम) नेपाली सेनाको रथीमा प्रदीप जंग केसी सिफारिस भएका छन् । सेनाले रिक्त रहेको रथी पदमा केसीलाई बढुवा गर्न ७ दिने सूचना जारी गरेको हो । मध्य पृतना हेटौँडाका पृतनापति समेत रहेका केसी हालका उपरथीहरूमा सबैभन्दा वरिष्ठ हुन्।
(नेपाल क्राईम) नेपाली काग्रेसका सांसद राजेन्द्र बजगाईँले कांग्रेस नेता एवं संस्कृति पर्यटनमन्त्री बद्री पाण्डेमाथि घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रुपैयाँ घुस बुझाएको आरोप बजगाईँले मन्त्री पाण्डेमाथि लगाएका छन । बजगाईँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर
(नेपाल क्राईम) जाजरकोटमा दुईवटा गाडी एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् ।नेपालगञ्जदेखि जाजरकोट सदरमुकाम खलङ्गा जाँदै गरेको लु२ख ५८३६ नम्बरको फोर्स र विपरीत दिशाबाट आइरहेको लु१च ५२९९ नम्बरको गाडी
(नेपाल क्राईम) गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभर्याङबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय निकट स्रोतले उनलाई मंगलबार बिहान पक्राउ गरिएको पुष्टि
(नेपाल क्राईम) चिर्पट प्रहारबाट बैतडीमा एकजनाको हत्या भएको छ। मृत्युु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टकी २३ वर्षीया सुनिता बोहरा रहेकी छन्। सुनितालाई उनकी जेठानी ३० वर्षीया दिपा बोहराले चिर्पटले हिर्काएर हत्या गरेकी हुन्। घरायसी विवादका कारण दिपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। घटनाका विषयमा
(नेपाल क्राईम) आज कार्तिक शुक्लपक्ष अर्थात भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी एवम् श्री विष्णुको विशेषअर्चना पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाउन लागिएको हो । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भन्ने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ
(नेपाल क्राईम) सिभिल अस्पतालमा कार्यरत एक डाक्टर यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् । सहकर्मी महिला चिकित्सकमाथि योनजन्य दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । कोठामा अरु कोही नभएको मौका पारी आफूमाथि ती डाक्टरले यौन दुव्र्यवहार गरेको भन्दै सहकर्मीले जाहेरी दिएपछि १९ कात्तिकमा बानेश्वर प्रहरी वृत्तले ती डाक्टरलाई पक्राउ गरेको हो ।
(नेपाल क्राईम) नेपाल प्रहरीले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले पनि अपराधसम्बन्धी मुद्दा प्रभावित हुनसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन सचेत गराएको छ । अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीले प्रचलित कानुनका प्रावधानलाई पालना गरी नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउनुपर्ने जनाउँदै मातहतका कर्मचारीलाई निर्देशन दिइएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सोमबार भएको अपराध