पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाने

(नेपाल क्राईम) पूर्वराजा ज्ञानेन्द्र शाह  (आज) लुम्बिनी जाने भएका छन्। शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी जान लागेका हुन्।

नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा

(नेपाल क्राईम) नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ। एक मन्त्रीले दिएको जानकारी अनुसार बढुवा हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल रहेका छन्। गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय, नक्सालको प्रशासन विभागमा कार्यरत छन्। गृह मन्त्रालयको बढुवा समितिको

काठमाडौँको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २ दशमलव ६ म्याग्निच्युडको भूकम्प

(नेपाल क्राईम) राति १० बजेर ४६ मिनेट जाँदा काठमाडौँको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा लेखेका छन्।सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले यो भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामासमेत महसुस भएको छ ।

सशस्त्र प्रहरी बल नेपालका ६ जना डीएसपी र ३२ जना इन्सपेक्टरहरुको सरुवा

(नेपाल क्राईम) सशस्त्र प्रहरी बल नेपालका ६ जना डीएसपी र ३२ जना इन्सपेक्टरहरुको सरुवा भएको छ।बिहीबार उनीहरूको काज सरुवा गरिएको हो। प्रधान कार्यालय हलचोकको मानवस्रोत शाखाले उनीहरूको सरुवा गरिएको जानकारी दिएको छ।यसपछि अन्य सशस्त्र प्रहरी अधिकारीसहित जुनियर अफिसरको पनि सरुवा गरिने बताइएको छ।

बाँके वडा प्रहरीले चोरी भएको मोटरसाइकल फेला पारी सवारी धनीलाई बुझाइयो

(महेन्द्र सिंह/ विशाल वैश्य ) बाँके                                                                                  भारत उत्तर प्रदेश जिल्ला बहराईच मुनिरगञ्ज घर भएका महेश

दाङ ट्राफिक प्रमुख शाही एक्समा मोडिफाई गरेर चलाउने २२ वटा बाईक र चालकहरु नियन्त्रणमा

  सागर थापा दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले स्वरुप परिवर्तन (मोडिफाई) गरेर चलाउने २२ वटा बाईक र चालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले साईलेन्सर पाईपको स्वरूप परिवर्तन (मोडिफाई) गरी ठुलो अवाज निकाली (ध्वनी प्रदुषण) गरी ठुलो आवाज निकालेर सडकमा चलाएका मोटरसाईकलहरूलाई दाङ ट्राफिक प्रहरीले

दैलेखमा हँसिया प्रहार गरी छिमेकीको हत्या

(नेपाल क्राईम) दैलेखमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुल्लु नगरपालिका–१३, खडिका धाराका ४३ वर्षीय भुवनसिंह विक छन् । उनीमाथि छिमेकी सोही ठाउँका ५६ वर्षीय कर्णबहादुर कामीको हत्या गरेको आरोप छ । भुवनले हँसिया प्रहार गर्दा कर्णबहादुर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रधान

कास्की र मनाङ जिल्लाको सिमाना अन्नपूर्ण २ लाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

(नेपाल क्राईम) कास्की र मनाङ जिल्लाको सिमाना अन्नपूर्ण २ लाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहिवार बिहान १० बजेर १३ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।

६ लाख रुपैयाँसहित १ जना पक्राउ

(नेपाल क्राईम)                                                                    रौतहटको  गौरस्थित राईस मिलको  बाटोबाट प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई पक्राउ

अन्डरवर्ल्ड नेटवर्कको एजेन्ट भन्दै रकम असुली गर्ने चिकित्सक पक्राउ

(नेपाल क्राईम) आफूलाई अन्डरवर्ल्ड नेटवर्कको एजेन्ट बताएर रकम असुली गर्न खोजेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर स्थायी घर भइ ललितपुर बस्दै आएका एमबीबीएस डाक्टर आशिष दाहाल रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ । प्रहरीका अनुसार, दाहालले ह्वाट्स एपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गर्ने