(नेपाल क्राईम) प्रहरीले झापाबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका घर भएका ३१ वर्षीय आशाकाजी तामाङ छन् । उनलाई झापाको मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट आउँदै गरेका आरोपीको साथबाट ६४० मिलिग्राम खैरो हेरोइन बरामद
(महेन्द्र सिंह ) बाँके नेपालगञ्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई कुल सेवाग्राही तथा शय्याको कम्तीमा १० प्रतिशत तोकिएका सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ ।उपमहानगर कार्यालयले
(नेपाल क्राईम) सेवाग्राहीसँग घुस मागेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी निलम्बनमा परेका छन् । राष्ट्रिय सभागृहस्थित राष्ट्रिय परिचयपत्र एकाइमा कार्यरत अधिकृत आठौँ तहका कर्मचारी अब्दुल मजिद खानलाई मेयर बालेन्द्र साहले निलम्बन गरेका हुन् । राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि उनले गत २९ कात्तिकमा दुई हजार रुपैयाँ घुस मागेको उजुरी मेयरको सचिवालयमा परेको थियो । तत्कालै
(नेपाल क्राईम) मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
(नेपाल क्राईम) जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारीलाई २० हजार रुपैयाँ घुससहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव रहेको प्रहरीले जानकारी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
(नेपाल क्राईम) नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा भएका छन्। नेपाली सेनाको सिफारिसमा केसीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो। अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएपछि गत भदौदेखि नेपाली सेनाको एक रथी पद रिक्त थियो। दुई जना रथीको दरबन्दी रहेकोमा निर्मलकुमार थापा मात्रै कार्यरत थिए। झण्डै दुई महिना
(नेपाल क्राईम) रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले जानकारी दिए । कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको
(नेपाल क्राईम) पूर्वराजा ज्ञानेन्द्र शाह (आज) लुम्बिनी जाने भएका छन्। शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी जान लागेका हुन्।