(नेपाल क्राईम) ब्राजिलका लिजेन्ड फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। उनी मंगलबार बिहान नेपाल आइपुगेका हुन्। नेपाल सुपर लिगको निमन्त्रणामा उनी नेपाल आइपुगेका हुन्। मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका कार्लोसले बेलुका फ्यानहरूसँग गाला डिनर गर्नेछन्। यस्तै उनी बुधबार दशरथ रंगशालामा जानेछन्। त्यहाँ उनले नेपाल सुपर लिगको दोस्रो क्वालिफायरको खेल अन्तर्गत पोखरा र धनगढी बीचको
(नेपाल क्राईम) दाङमा एक व्यक्तिले आफैँलाई गोली हानेका छन् । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैँलाई गोली चलाएका हुन् ।प्रहरीका अनुसार उनको मृत्यु भइसकेको छ । आचार्यले लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैँमाथि गोली चलाएको पाइएको प्रहरीले जनाएको छ । आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष हुन् । आफैँमाथि गोली चलाउनुको कारण भने
(नेपाल क्राईम) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई ले सोमबार पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन् । शिक्षकहरूको लामो समयदेखिको आन्दोलन र विद्यालय शिक्षा ऐन सम्बन्धी मागहरू सम्बोधन गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएको बताएकी छन् ।
(नेपाल क्राईम) रूपन्देहीको एक नदीमा तीन जना बालक बेपत्ता भएका छन्। सोमबार साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बालकहरूको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ।
(नेपाल क्राईम) तानसेनबाट खानीछाप गइरहेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली गाउँपालिका–४, बेलडाँडामा दुर्घटना हुँदा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
(नेपाल क्राईम) रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भई शंखरापुर नगरपालिका–९ स्थित सानागाउँ बस्ने पुतली तामाङको खुकुरी प्रहार गरी हत्या भएको हो । मृतकका श्रीमान् पदमबहादुर तामाङ फरार छन् । गएराति साढे ९ बजेतिर श्रीमतीको हत्या गरेपछि ५८ वर्षीय पदम भागेका हुन् ।घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीपनि घाइते अवस्थामा भेटिएका छन् । उनीहरूलाई
(नेपाल क्राईम) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्। आइतबार राति उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए। राणालाई उपचारका निम्ति सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको उनले बताए।
(नेपाल क्राईम) प्रहरी जवानका लागि लिइएको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ । मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट ती परीक्षार्थीलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा दोलखा, जिरी नपा- ९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा-७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर
(नेपाल क्राईम) नेपाल प्रहरीको रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशित जसमा ७७ जनाको नाम निस्किएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार साँझ नतिजा प्रकाशन गरेको हो ।
(नेपाल क्राईम) अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना नेता–कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ ।प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेको थियो । प्रहरी परिसरका प्रमुख एसपी अपीलराज बोहराका अनुसार, सोही दिन साँझ सबैलाई छोडिएको हो । रिहा हुनेहरूमध्ये अध्यक्ष लिङ्देनसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चा