१२१ डीएसपीको सरुवा

(नेपाल क्राईम) नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाको बुधबारको निर्णयानुसार प्रहरी प्रधान कार्यालयले आज सरुवा भएका डिएसपीको सूची सार्वजनिक गरेको हो । वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आतंकवादीसँगको भिडन्तमा कश्मीरमा एक सैनिक मारिए

भारत प्रशासित राज्य जम्मु कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच भिडन्त हुँदा एक सैनिक मारिएका छन् । सेनाको ह्वाइट नाइट कोप्र्सले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार आतंककारीसँगको मुठभेडमा एक सैनिक मारिएका हुन् । ‘हाम्रा एक बहादुरलाई सुरुवाती मुठभेडमा गम्भीर चोट लागेको थियो । र पछि उपचारका क्रममा उनको मृत्यु भयो,’ कोप्र्सले भनेको छ ।

३११ इन्सपेक्टरकाे सरुवा

(नेपाल क्राईम) नेपाल प्रहरीका ३ सय ११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकसाथ सरुवा भएका छन् । प्रहरी महानिरीक्षक दिपक थापाले बुधबार तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी उनीहरुको सरुवा गरेका हुन् ।

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

(नेपाल क्राईम) ट्रम्प प्रशासनले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने भएको छ । एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो । विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने संस्थालाई मस्कको दक्षता विभागले संघीय खर्च घटाउने

पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन,

(नेपाल क्राईम) भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठकसमेत बोलाउने निर्णय भारत सरकारले गरेको छ ।

पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज

(नेपाल क्राईम) भारत प्रशासित जम्मु कश्मीरमा मंगलबार एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको छ । साथै, पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।भारतीय मिडियाका अनुसार बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको छ ।

६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

(नेपाल क्राईम) प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित

४७ जना राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवहरूको सरुवा

(नेपाल क्राईम) सरकारले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना सहसहिचवको सरुवा गरिएको हो।

अवकाश प्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको निधन

(नेपाल क्राईम) नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा निधन भएको हो । दुर्लभ कुमार थापाले वि.सं. २०३५ जेठमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए। उनको कार्यकालमा नेपाल प्रहरीमा महत्त्वपूर्ण सुधार र नवीन पहलहरू भए। उनले पर्यटक प्रहरीको स्थापना, कमाण्डो तालिमको सुरुवात, प्रहरी पहरा गणको गठन, र महानिरीक्षकको

७ दिन भित्र सम्पर्कमा आउन निर्देशन

(नेपाल क्राईम) नेपाल प्रहरीका १६ जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर छन्। प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी माघदेखि गैरहाजिर छन्। केहि फागुन र चैतदेखि पनि जानकारी नै नगराई गैरहाजिर छन्। आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेर प्रहरी प्रधान कार्यालयले बुधबार गोरखापत्रमा सूचना सार्वजनिक