(नेपाल क्राईम) नेपाल प्रहरीका २०८ प्रहरी नायब निरीक्षकहरूको एकैपटक बढुवा तथा पदस्थापन भएको छ ।प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयअनुसार जनपद प्रहरी समूहका प्रहरी सहायक निरीक्षक पदबाट बढुवा भई प्रहरी नायब निरीक्षक पदमा नियुक्त भएका अधिकृतहरूको सोमबार पदस्थापन गरिएको हो ।
(नेपाल क्राईम) भारतको तुल्सी पीठाधीश्वर जगतगुरु रामभद्राचार्य जनकपुरमा आइपुगेका छन । जानकी मन्दिरको निमन्त्रणमा उनी जानकी नवमीमा सहभागी हुन सोमबार जनकपुर आएका हुन् । नेपाल–भारतको भिठामोड नाकामा स्वागत गरेर जनकपुर ल्याइएका उनले जानकी मन्दिरमा पूजाअर्चना समेत गरेका छन ।
(नेपाल क्राईम) हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको उद्धार भएको छ । डुंगा चढेर फेवाताल सयरमा गएका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरू केही बेर त्यहीँ फसेका थिए । एउटा डुंगा तालमै पल्टिएको थियो । त्यसमा सवार भरपुरका रेशम थापा र विजय सुनारलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनले जनाएको छ।
(नेपाल क्राईम) नेपाली सेनाले करार सेवामा २ कर्मचारी र ३० जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी निर्देशनालयले एक सूचना जारी गर्दै दैनिक ज्यालादारी रुपमा पारिश्रमिक बुझ्ने गरि दुई जना कर्मचारी र ३० जना शिक्षक माग गरेको हो । सैनिक आवासिय मावि भक्तपुर, विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालय विजेश्वरी, रिपुमर्दिनी सैनिक महाविद्यालय
(नेपाल क्राईम) स्रोत नखुलेको ९५ लाख बढी रकमसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा २९ वर्षीय समुन्द्र जमकट्टेल, ४३ वर्षीय गणेश राई, ३१ वर्षीय सन्तोष गुरुङ, ३९ वर्षीय सन्तोष घिमिरे छन् । दुई वटा मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँचका क्रममा झोला खानतलासी गर्दा उक्त रकम बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले
(नेपाल क्राईम) दैलेखको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २९ वर्षीय नगेन्द्र बहादुर माझी रहेका छन् । विद्युत् कार्यालयको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै सोमबार मृतकका आफन्त तथा स्थानीयले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।मृतकका आफन्तहरूले राजमार्ग अवरुद्ध गर्दा यातायातका साधनहरू
(नेपाल क्राईम) नेपाल प्रहरीका सात जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ । यस सरुवासँगै ६ वटा प्रदेशमा नयाँ प्रहरी प्रमुख तोकिएका छन् ।गृह मन्त्रालयको निर्णयअनुसार कोशी प्रदेशमा ईश्वर कार्की, मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ। त्यसै गरी, लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा
(नेपाल क्राईम) ६,११९ मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी बल नेपालका जवान विजय जंगमलाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले विशेष सम्मान गरेका छन् ।प्रधान कार्यालयमा आयोजित एक समारोहका क्रममा आईजीपी अर्यालले जंगमलाई सम्मानित गर्दै सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली क्षेत्रहरूमा खोज, उद्धार तथा सीमापार निगरानी कार्यमा दक्ष जनशक्ति विकासमा जोड
(नेपाल क्राईम) मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम नेपागन्जमा सुरु भएको छ ।लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग,जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को समन्वयमा सूरु भएको तालिम तिन दिन सम्म चल्ले छ । तालिमको उद्घाटन गर्दे जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमुख नरेशबाबू श्रेष्ठले यस तालिमले
(नेपाल क्राईम) नेपाल प्रहरीमा पहिलोपटक ‘लिडरसिप एन्ड स्टाफ कोर्स’ सुरु भएको छ । आइतबार भृकुटीमण्डपस्थित पुलिस क्लबमा गृहमन्त्री रमेश लेखकले पहिलो ब्याचमा सहभागी हुने कार्यक्रमको उद्घाटन गरेका छन् ।स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिएपनि प्रवेश परीक्षामा १७ जना डीएसपीमात्रै उत्तीर्ण भएका छन् । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको सुरुवात गरिएको