भेरि अस्पताल ओपीडी सेवा दुई दिन बन्द

(उपेन्द्र प्रताप सिंह ) बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा आज र भोलि (सोमबार) आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । शनिबार मेडिकल स्टोरमा आगलागी भएका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले आगलागीका कारण दुई दिन आकस्मिक बाहेकका सेवा

सिपाहीहरूसँग हात मिलाउँदै विदा भए कार्कि

(नेपाल क्राईम) लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका दानबहादुर कार्कीको विदाइ भएको छ । शनिबार प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङमा विशेष कार्यक्रमसहित कार्कीलाई विदाइ गरिएको छ । त्यस क्रममा डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका कार्कीलाई एसएसपीदेखि सिपाहीसम्मले बधाई पनि दिएका छन् ।

नदीमा बगेर एक व्यक्ति बेपत्ता

(नेपाल क्राईम) ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन् ।नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ

(नेपाल क्राईम) नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । उनलाई अपराध अनुसन्धानको टोलीले शनिबार साँझ अबेर उनको घरबाटै पक्राउ गरेको हो । काठमाडौंको कपनस्थित घरबाट उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी

बाँके शसस्त्र प्रहरी घुमुवाको सेटिङ्गमा अधिकांश सीमा नाकामा तस्करको रजगज

(नेपाल क्राईम) नेपाल सरकारले कर्मचारीलाई तलब भत्ता खुवाउन र प्रशासनिक खर्च धान्न कठिन भएको भन्दै देशभरका नाकाबाट तस्करी रोक्न कडाईका साथ सुरक्षाकर्मीहरु परिचालन गरेको छ । सशस्त्र प्रहरी बल हल्चोक मूख्यालयले देशभरका यूनिट र यूनिट प्रमुखलाई गल्ती नगर्न निर्दैशन दिने गरेको छ ।सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल भदौ र असोजमा लुम्बिनी , मधेश र कोशी

प्रहरीका २०८ जना असई सईमा बढुवा

(नेपाल क्राईम) प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवा सिफारिस गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले २ सय ८ जनालाई सई पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

नदीमा बेपत्ता भएका युवकको शव फेला

(नेपाल क्राईम) बर्दियामा नुहाउने क्रममा नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ। शुक्रबार बिहान गुलरिया नगरपालिका-५ भादा नदीमा नुहाउनेक्रममा डुबेर बेपत्ता शुवकको गोताखोरले निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। १९ वर्षिय सृजन पोख्रेल बुधबारदेखि बेपत्ता थिए।

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान भएको छ। बिहीबार राति दुई पक्षबीच गोली हानाहान भएको भारतीय टेलिभिजन संस्था एनडिभीले जनाएको छ। ‘लाइन अफ कन्ट्रोल क्षेत्रमा केही फायरिङ भएको थियो। फायरिङको प्रभावकारी रूपमा फायरिङ गरिएको छ,’ सैनिक स्रोतले एनडिटिभीसँग भनेको समाचारमा उल्लेख छ।भारतको जम्मू-कास्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

(नेपाल क्राईम) सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज (शुक्रबार) बिहान ११ बजेर ५३ मिनेट जाँदा फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

आजको तापक्रम

(नेपाल क्राईम) देशका अधिकांश भूभागमा गर्मी बढ्न थालेको छ । अन्य क्षेत्रको तुलनामा भन्दा आज लुम्बिनी, मधेस प्रदेशलगायत तराईका क्षेत्रमा गर्मी बढ्नेछ । हिजोबाट तराईका केही स्थानमा तातो हावाको लहर चलिरहेको छ । मौसमविद् सरोज पुडासैनीले आज धनगढी, नेपालगञ्ज र भैरहवाको तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जानकारी दिए ।