१० डीआईजी पद रिक्त, एक नम्बरमा ओम राना

(नेपाल क्राईम) नेपाल प्रहरीमा जनपद समूहतर्फ १० जना डीआईजी पद रिक्त भएको छ । वैशाख ४ मा बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेसँगै १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआईजीमा बढुवा गर्न मिल्ने भएको हो ।राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीको जनपद समूहमा आएका १० जना डीआईजी हुने दौडमा छन् । राष्ट्रिय अनुसन्धान

राप्रपाले बोलाए आकस्मिक बैठक

(नेपाल क्राईम) राजसंस्थाको पुनर्स्थापना, सङ्घीयताको खारेजी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आइतबार राजधानीमा गरेको प्रदर्शन सकिएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार, प्रदर्शनको मुख्य उद्देश्य देशमा बढ्दो भ्रष्टाचारको विरोध र राजसंस्थाको पुनर्स्थापनाको मागसहित सङ्घीय शासन प्रणालीको खारेजी थियो ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले पर्चासहित प्रदर्शन गरेका थिए । प्रदर्शनपछि

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल प्रहरीको नियन्त्रणमा

(नेपाल क्राईम) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार सिंहदरबार क्षेत्रबाटै प्रहरीले मोर्चाका अध्यक्ष कटुवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ पक्राउ

(नेपाल क्राईम) सिंहदरबारट फुत्किएर राप्रपा सांसद दिपक सिंह प्रदर्शनस्थल पुगेका छन् । सिंहदरबारबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ पक्राउ परेका छन् । सो समय लिङ्दनेहरुसँगै रहेका उनी प्रहरीबाट फुत्किएर बानेश्वर सडकमा भइरहेको प्रदर्शनस्थल पुगेका हुन् ।निषेधित क्षेत्र तोड्ने तयारी गर्न राप्रपाका शीर्ष नेताहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका थिए । त्यहाँबाट

काठमाडौंको निषेधित क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा

(नेपाल क्राईम) काठमाडौंको निषेधित क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले बिहानैदेखि निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको हो । उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको बताए ।सरकारले सिंहदरबार, संसद भवन

आज देखि पृथ्वीपथ यात्रा सुरु, संगठन विस्तार हुँदै

(नेपाल क्राईम)   आज बाट पृथ्वीपथ यात्रा सुरु गरि सयौंको संख्यामा शिवसेनाको केन्द्रिय तथा जिल्ला सदस्यमा मनोनयन गरिएको छ। बारा, पर्सा तथा मधेश प्रदेश बाट आठवटै जिल्ला बाट मनोनयन गरिएको शिवसेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतले जानकारी गराएका छन्। नेपाल हालको अवस्थामा बेरोजगारी, भ्रष्टाचारी, अनियमित्ता, कुसंस्कार, कुप्रथा, क्रुर्ता, लगायत अन्यायहरुको अंधकारमा डुब्न लागेको कुराले उतप्रेरित

युवतीमाथि गोली प्रहार

(नेपाल क्राईम) बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । मोटरसाइकलमा आएका युवाले करिब साढे ९ बजेतिर टिकालाई गोली हानेर भागेको रुपन्देहीका एसपी रञ्जित सिह राठौरले जानकारी दिए ।२९ वर्षीय अविवाहित युवती बुद्ध नगरमा खाजा

ब्राउन सुगरको अबैध कारोबार गर्ने मुख्य डिलर पक्राउ

(नेपाल क्राईम) ब्राउन सुगरको अबैध कारोबार गर्ने मुख्य डिलर मध्यका एक जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। भारतको उत्तर प्रदेश बहराईचका ३२ वर्षीय अमित पोरवाला पक्राउ परेका छन्। वैशाख ४ गते राति पौंने ११ बजेतिर उनी बाणगंगा नगरपालिका – ४ दरखास्तस्थित सार्वजनिक प्रतिक्षालयबाट पक्राउ परेका हुन्। पोरवाला संगै बर्दियाको गुलरिया नगरपालिका – ७ का ३०

बालिका बलात्कार आरोपमा स्याङजाबाट एक पक्राउ

(नेपाल क्राईम) बालिका बलात्कार आरोपमा स्याङजामा एक जना पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चापाकोट नगरपालिका–८ बस्ने ५५ वर्षीय अर्जुन भनिने ख्याम कर्ण दमाईंलाई पक्राउ गरिएको हो। बालिकाका अभिभावकले दिएको उजुरीको आधारमा दमाईंलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।उनले गत वर्षको साउन १५ गते राति

११ किलो गाँजा बरामद

(नेपाल क्राईम) बाराको जीतपुरसिमरा उपमहानगरपालिका- २१ बाट करिब ११ किलो ५१ ग्राम गाँजा शुक्रबार बिहान प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीलाई देख्नासाथ ना ४१ प ६२४१ नम्बरको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरू मोटरसाइकल छाडेर फरार भएका थिए ।​​