धुलोमा खटिएर सवारी आवागमन सुचारु गराउने प्रहरीलाई नगदसहित पुरस्कृत

(नेपाल क्राईम) लुम्बिनी प्रदेश प्रहरीले प्रहरी जवान प्रकाश नेपालीलाई नगदसहित सम्मान गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका डीआईजी दानबहादुर कार्कीले प्रहरी जवान नेपालीलाई नगद ७ सय रुपियाँसहित पुरस्कृत गरेका हुन् । बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन सहज बनाउन खटिएका प्रहरी जवान (ट्राफिक) नेपालीलाई कार्यसम्पादनको मूल्यांकन गर्दै पुरस्कृत गरिएको सूचनामा उल्लेख छ

खैरो हिरोइन सहित ३ जना पक्राउ

(नेपाल क्राईम) मकवानपुर प्रहरीले हेटौँडाबाट अवैध लागू औषध खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा १ चौकी टोलबाट अटोमा ल्याइरहेको खैरो हिरोइनसहित ३ जना पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार हेटौँडा बजारतर्फ आउँदै गरेको ना १ ह १५२८ नम्बरको अटो

जिल्ला सरकारी वकिलको कार्यालयबाट एक थुनुवा महिला हतकडीसहित फरार

(नेपाल क्राईम) जिल्ला सरकारी वकिलको कार्यालयबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् । इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाइएको बेला ५० वर्षकी मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् ।उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाएको थियो ।

काठमाडौंमा हल्का असिना–पानी

(नेपाल क्राईम) काठमाडौंमा हल्का असिना–पानी परेको छ । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण काठमाडौं उपत्यका लगायतका धेरै ठाउँमा पानी परिरहेको छ । यसको प्रभाव केही दिन कायम रहने सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बादल लाग्ने र पानी पर्ने हुनाले तापक्रम केही घट्ने पूर्वानुमान छ

भेरि अस्पताल ओपीडी सेवा दुई दिन बन्द

(उपेन्द्र प्रताप सिंह ) बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा आज र भोलि (सोमबार) आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । शनिबार मेडिकल स्टोरमा आगलागी भएका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले आगलागीका कारण दुई दिन आकस्मिक बाहेकका सेवा

सिपाहीहरूसँग हात मिलाउँदै विदा भए कार्कि

(नेपाल क्राईम) लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका दानबहादुर कार्कीको विदाइ भएको छ । शनिबार प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङमा विशेष कार्यक्रमसहित कार्कीलाई विदाइ गरिएको छ । त्यस क्रममा डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका कार्कीलाई एसएसपीदेखि सिपाहीसम्मले बधाई पनि दिएका छन् ।

नदीमा बगेर एक व्यक्ति बेपत्ता

(नेपाल क्राईम) ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन् ।नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ

(नेपाल क्राईम) नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । उनलाई अपराध अनुसन्धानको टोलीले शनिबार साँझ अबेर उनको घरबाटै पक्राउ गरेको हो । काठमाडौंको कपनस्थित घरबाट उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी

बाँके शसस्त्र प्रहरी घुमुवाको सेटिङ्गमा अधिकांश सीमा नाकामा तस्करको रजगज

(नेपाल क्राईम) नेपाल सरकारले कर्मचारीलाई तलब भत्ता खुवाउन र प्रशासनिक खर्च धान्न कठिन भएको भन्दै देशभरका नाकाबाट तस्करी रोक्न कडाईका साथ सुरक्षाकर्मीहरु परिचालन गरेको छ । सशस्त्र प्रहरी बल हल्चोक मूख्यालयले देशभरका यूनिट र यूनिट प्रमुखलाई गल्ती नगर्न निर्दैशन दिने गरेको छ ।सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल भदौ र असोजमा लुम्बिनी , मधेश र कोशी

प्रहरीका २०८ जना असई सईमा बढुवा

(नेपाल क्राईम) प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवा सिफारिस गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले २ सय ८ जनालाई सई पदमा बढुवा गर्न सिफारिस गरेको हो ।