(नेपाल क्राईम) देशका अधिकांश भूभागमा गर्मी बढ्न थालेको छ । अन्य क्षेत्रको तुलनामा भन्दा आज लुम्बिनी, मधेस प्रदेशलगायत तराईका क्षेत्रमा गर्मी बढ्नेछ । हिजोबाट तराईका केही स्थानमा तातो हावाको लहर चलिरहेको छ । मौसमविद् सरोज पुडासैनीले आज धनगढी, नेपालगञ्ज र भैरहवाको तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जानकारी दिए ।
(नेपाल क्राईम) सशस्त्र प्रहरीका १२ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार उनीहरुको सरुवा गरेको हो ।सरुवा हुनेहरुमा गणेश बहादुर ठाडा मगर, कुल बहादुर नेम्बाङ्ग,लगायत रहेका छन्।
(नेपाल क्राईम) नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाको बुधबारको निर्णयानुसार प्रहरी प्रधान कार्यालयले आज सरुवा भएका डिएसपीको सूची सार्वजनिक गरेको हो । वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भारत प्रशासित राज्य जम्मु कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच भिडन्त हुँदा एक सैनिक मारिएका छन् । सेनाको ह्वाइट नाइट कोप्र्सले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार आतंककारीसँगको मुठभेडमा एक सैनिक मारिएका हुन् । ‘हाम्रा एक बहादुरलाई सुरुवाती मुठभेडमा गम्भीर चोट लागेको थियो । र पछि उपचारका क्रममा उनको मृत्यु भयो,’ कोप्र्सले भनेको छ ।
(नेपाल क्राईम) नेपाल प्रहरीका ३ सय ११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकसाथ सरुवा भएका छन् । प्रहरी महानिरीक्षक दिपक थापाले बुधबार तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी उनीहरुको सरुवा गरेका हुन् ।
(नेपाल क्राईम) ट्रम्प प्रशासनले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने भएको छ । एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो । विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने संस्थालाई मस्कको दक्षता विभागले संघीय खर्च घटाउने
(नेपाल क्राईम) भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठकसमेत बोलाउने निर्णय भारत सरकारले गरेको छ ।
(नेपाल क्राईम) भारत प्रशासित जम्मु कश्मीरमा मंगलबार एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको छ । साथै, पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।भारतीय मिडियाका अनुसार बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको छ ।
(नेपाल क्राईम) प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित
(नेपाल क्राईम) सरकारले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना सहसहिचवको सरुवा गरिएको हो।