Category: समाचार

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असईले आफैँमाथि गरे गोली प्रहार

(नेपाल क्राईम) नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका-३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक असई किसनबहादुर चन्दले बिहीबार राति आफैँमाथि गोली प्रहार गरेको अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए। बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैँमाथि गोली प्रहार

१२ उपसचिवको सरुवा

(नेपाल क्राईम) गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा भएको छ। मन्त्रालयको बुधबार भएको निर्णय अनुसार उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो। जसमा सहायक प्रमुख जिल्ला अधिकारी र कारागार प्रशासकहरू समेत छन्।

१८ जना बिचौलिया पक्राउ

(नेपाल क्राईम) बसपार्क एरियामा यात्रुहरूलाई दु:ख दिने १८ जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसपार्क एरिया तथा यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी प्रलोभनमा पारी बार्गेनिङ गर्ने र कानुन विपरीत अत्यधिक सेवा शुल्क लिने बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार दिउँसो साढे १२ बजे जिल्ला प्रहरी

हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना

(नेपाल क्राईम)                                                                   गृह मन्त्रालयले आफ्नो सेवासँग सम्बन्धित गुनासो सम्बोधन गर्न ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरेको छ । गुनासो सुनुवाइ कक्ष

एम्बुलेन्समा ब्राउन सुगर बरामद

सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ। बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद गरी चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो।     इलाका प्रहरी बर्दिबासबाट खटी गएको सुरक्षा टोलीले बुधवार राति बर्दिबास ३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी लिएको

कहिले हुँदैछ बढुवा नेपाल प्रहरीमा हाल २० एसएसपी, ३२ एसपी र ७० डीएसपीको दरबन्दी रिक्त

(नेपाल क्राईम) नेपाल प्रहरीमा हाल २० एसएसपी, ३२ एसपी र ७० डीएसपीको दरबन्दी रिक्त छ। रिक्त पदमा प्रहरी प्रधान कार्यालय नक्सालले बढुवाको गृहकार्य थालेको हो। बढुवाको गृहकार्य थालिएपछि अहिले बढुवाको लागि आकांक्षीहरु शक्तिकेन्द्र धाइरहेका छन्। जसअनुसार एसएसपीका २० पदमा ५५ भन्दा धेरै एसपीहरु प्रतिस्पर्धामा छन्। तर यस अगाडि यो रेसमा रहेका विवादित एसपी कमल थापा

गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर सोधे स्पष्टीकरण

(नेपाल क्राईम)                                                                      गृहमन्त्री रमेश लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मंगलबार काठमाडौं बोलाएर

तीन डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

(नेपाल क्राईम) गृहमन्त्रीस्तरको २०८१ मंसिर ११ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका ३ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधवार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

अब ओभरलोड गाडी दुर्घटना भए स्थानीय प्रहरी प्रमुख जिम्मेवार

(नेपाल क्राईम) क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटना भए अब त्यस्तो सवारीले पार गरेको अन्तिमको प्रहरी इकाई प्रमुख जिम्मेवार हुने भएको छ। गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको बैठकको निर्णय कार्यान्वयन गर्न मातहत निकायलाई परिपत्र गरेको छ। गृहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी महासंघलाई समेत परिपत्र गरेको हो। गृहको परिपत्र

नेपालगञ्ज जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

(रिशब वैश्य / निल जैसवाल )  बाँके पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न जिल्लाहरूको भ्रमणका लागि जाने भएका छन् । आगामी हप्ता पूर्वराजा शाह नेपालगञ्ज जानेछन् । नेपालगन्ज निवासी दीपक बहादुर  सिंहका अनुसार पूर्वराजा शाह र पूर्वरानी कोमल शाह तत्कालीन मध्यपश्चिम र सुदूरपश्चिमाञ्चलका जिल्लाहरूको भ्रमण गर्नेछन् ।