Category: समाचार

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

(नेपाल क्राईम) वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारीजापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।     बिष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान

नेपाल प्रहरीका ४५२ जना वरिष्ठ हवल्दारमा बढुवा

(नेपाल क्राईम) नेपाल प्रहरीका ४५२ जना प्रहरी हवलदार पदबाट वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् । सोमबार बसेको प्रहरी उपनिरीक्षकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन गरिएको हो ।

इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

(नेपाल क्राईम) सशस्त्र प्रहरी बल नेपालको २९ नम्बर गण हेडक्‍वाटर ज्वालामाई दाङमा कार्यरत तत्कालीन सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा इन्स्पेक्टर छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको

नेपाल प्रहरीका नयाँ आठ डीआईजी फूली लगाएर पनि जिम्मेवारीविहीन

(नेपाल क्राईम) नेपाल प्रहरीका नयाँ आठ डीआईजी फूली लगाएर पनि जिम्मेवारीविहीन छन्। उनीहरूलाई बढुवा भएको एक हप्ता बढी हुदा पनि जिम्मेवारी दिइएको छैन। स्रोतका अनुसार भोलि उनीहरूले जिम्मेवारी पाउने छन्। गत १६ मंसिरमा सरकारले ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई डीआईजीमा बढुवा गरेको थियो।

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

(नेपाल क्राईम) बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

महोत्तरीमा चिसोले जनजीवन प्रभावित

(नेपाल क्राईम)    महोत्तरी : लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ। मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन्। ‘गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम

गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशको बाँकेमा रहेका प्रहरी लगायत सुरक्षा निकायका कार्यालयहरू चाँडै कर्णालीमा सार्ने प्रतिबद्धता

(नेपाल क्राईम)                                                         गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशको बाँकेमा रहेका प्रहरी लगायत सुरक्षा निकायका कार्यालयहरू चाँडै कर्णालीमा सार्ने प्रतिबद्धता जनाएका छन् ।  प्रदेश सरकार स्थापना भएको ७ वर्ष बितिसक्दा

हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात

(नेपाल क्राईम) हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो। आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । यो

कसैमाथि बुट, कसैलाई छुट

(नेपाल क्राईम)                                                             बाँकेको  कोहलपुरमा इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी धर्म भण्डारीले रोयल्टीवाला ठेकेदारसँग सेटिङ गरेको पाइएको छ। जिल्लास्थित इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख भण्डारीले सो क्षेत्रका

एआईजी केदार ढकाल अवकाशमा

(नेपाल क्राईम) नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकाल अवकाशमा गएका छन्। प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत ढकालले मङ्सिर २१ बाट अवकाश पाएका हुन्। उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए। एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर ढकाल अवकाशमा गएका हुन्।प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा