(नेपाल क्राईम) प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा जिम्मेवारी सम्हालेका छन् । आइतबार दाङको तुलसीपुरस्थित लुम्बिनी प्रदेश प्रहरीको कार्यालयस्थित कार्यकक्षमा कार्यभार सम्हालेको प्रेस नोटमा उल्लेख छ । डीआईजीपी कार्कीलाई कार्यालय परिसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठसहितका प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन् ।
(नेपाल क्राईम) काठमाडौंका पूर्वमेयर, पूर्वमन्त्री पीएल सिंहको निधन भएको छ। परिवार स्रोतका अनुसार पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो। २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए। ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए।
(नेपाल क्राईम) नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीको सम्पादित काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न जिम्मेवारी तोकिएको छ ।’
(नेपाल क्राईम) सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी)को बढुवामा सिफारिस समिति नराख्ने निर्णय गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको प्रहरी विधेयकको मस्यौदामा आईजीपी बढुवामा पनि सिफारिस समितिको प्रावधान राखिएकोमा त्यसलाई हटाइएको हो । मन्त्रिपरिषद्को विधेयक समितिको शुक्रबारको बैठकले यस्तो प्रावधान उपयुक्त नहुने सुझावका आधारमा समिति नराख्ने निर्णय गरेको हो । नेपाल प्रहरी र सशस्त्रले लोकसेवा
(नेपाल क्राईम) शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ। जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा,
(नेपाल क्राईम)ब नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ। नेपाली सेनाले प्राड–प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो। भर्ना छनौट
(नेपाल क्राईम) नेपाल प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा भएको छ । बिहीबारको गृहमन्त्री स्तरीय निर्णय अनुशार केही दिन अघि एसएसपीबाट डीआईजीमा बढुवा भएका अधिकारीहरूको व्यवस्थापन गरिएको हो ।
(नेपाल क्राईम) नेपाल प्रहरीका १० जना प्रहरी नायव महानिरीक्षक(डीआईजी)को सरुवा भएको छ । बिहीबारको गृहमन्त्री स्तरीय निर्णय अनुसार मातहतका निकायमा कार्यरत डीआईजीहरुको सरुवा गरिएको हो ।
(नेपाल क्राईम) नेपाल प्रहरीका एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले अवकाश पाउने भएका छन्। एआईजीको ५६ वर्षे उमेरहदका कारण एआईजी भीमप्रसाद ढकाल आज मंसिर २७ गतेबाट अवकाशप्राप्त बनेका हुन्। यस्तै अर्का एआईजी किरण बज्राचार्यले पनि अवकाश पाउन लागेकी छन्। एआईजी बज्राचार्यले पुस १५ गते अवकाश पाउन लागेका हुन्। आजबाट अवकाशमा जाने ढकाल प्रहरीको मानवस्रोत विकास विभाग र