(नेपाल क्राईम) कैलालीको धनगढीस्थित बसपार्क पछाडी होटल संचालकको करेन्ट लागेर मृत्यु भएको छ। मोहन्याल गाउँपालिका–५ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडी जानकी होटल संचालन गरी बसिरहेको ३८ वर्षीय अरुण बुढामगरको शुक्रवार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
(नेपाल क्राईम) नेपाल प्रहरीका दुई नायव महानिरीक्षक (डीआईजी)को एआईजीमा बढुवा सिफारिस भएको छ । गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
(नेपाल क्राईम) नेपाल प्रहरीमा दुई डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने गृहकार्य थालिएको छ। सहमति जुटेमा आजै दुई डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न लागिएको हो। स्रोतका अनुसार
(नेपाल क्राईम) मन्त्रिपरिषद्को मंगलवार साँझको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका किरण राणा र प्राविधिकतर्फका डा. सुन्दरप्रसाद ह्योजुलाई आजै दज्यानी चिह्न प्रदान गरिएको छ ! मन्त्रिपरिषद्ले निर्णय गरेको केही घण्टामै उनीहरूले एआइजीको फुली लगाएका हुन्। उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिए।
(नेपाल क्राईम) नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी किरण
(रिशव वैश्य ) बाँके बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बस्ने राजपती थारुको छोरा ९ वर्षीय कात्तिक थारुको बैजनाथ गाउँपालिका–२ स्थित बालुवा खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा
(नेपाल क्राईम) सिरहाको लहानमा खसीको भन्दै बाख्राको मासु बेच्ने पसले पक्राउ परेका छन् । सिरहा नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा सोमबार गरिएको बजार अनुगमनका क्रममा खसीको नाममा बाख्राको मासु बेच्ने गरिएको पाइएको हो । महतोका अनुसार ती पसलेलाई पाँच हजार जरिवाना गरी आगामी दिनमा त्यस्तो नगर्ने सर्तमा छाडिएको छ । यस्तै लहान बर्गर हाउसले गुणस्तरहीन
(नेपाल क्राईम) दुई नाबालिकालाई बलात्कार गर्दा पनि समयमै प्रहरीलाई नबुझाउँदा सिंगो संगठनमाथि नैतिक प्रश्न उठाइएको छ । सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ का प्रमुख