(नेपाल क्राईम) दोलखामा ४.५ रेक्टरको भूकम्प गएको छ । आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
(नेपाल क्राईम) कपिलवस्तुको प्रहरी हिरासतमा रहेका एक युवाले आत्महत्या गरेका छन् । जबरजस्ती करणी मुद्दामा गत कात्तिक १५ गते पक्राउ परेको विजयनगर गाउँपालिका–५, ठकुरापुरका २३ वर्षीय नसरुद्दिन खाले इलाका प्रहरी कार्यालय गणेशपुरको थुनुवा कक्षमा रहेको शौचालयमा आत्महत्या गरेका हुन् । मङ्गलवार बिहान साढे ५ बजेतिर शौचालय गएका उनी फलामको सरियामा लामो रुमालको पासो बनाएर झुन्डिएको
(नेपाल क्राईम) गण्डकी प्रदेशसभा सदस्य एवं गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । आज (मंगलबार) न्यायाधीश डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।
(नेपाल क्राईम) एआईजी किरण राणा र रामदत्त जोशी अवकाशमा गएका हुन्। गत साता एआईजी राणा र आइतबार अर्का एआईजी जोशी ५६ वर्षे उमेरहदका कारण अवकाशमा (घर) गएका हुन्। उनीहरू
(नेपाल क्राईम) सर्लाहीको पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालिएको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार मंगलबार बिहान पोखरीमा डुबेको थियो। त्यसमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए। गौशाला
(नेपाल क्राईम) प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन संयुक्त राज्य बेलायत प्रस्थान गरेका छन् । राष्ट्रिय केन्द्रीय ब्यूरो इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आइतबार बिहान बेलायततर्फ प्रस्थान गरेका हुन् । राष्ट्रिय केन्द्रीय ब्यूरो नेपालका प्रमुख
(नेपाल क्राईम) तिहारको पाँचौं दिन अर्थात भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँदैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
(नेपाल क्राईम) नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी हतियारसहित आएका छन् । दुई नेपाली पक्राउ गर्न उनीहरु हतियारसहित गाडीमा नेपाली भूमिमा प्रवेश गरेका हुन् । सुस्ताका दुखी यादव र हिरामन तुरहालाई पक्राउ गर्न आएका थिए । सशस्त्र वन रक्षकको टोली नेपाल आएपछि स्थानीयले उनीहरुलाई घेरा हालेका थिए । उनीहरुलाई घेरेर स्थानीयले प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका
(नेपाल क्राईम) कैलालीको धनगढीस्थित बसपार्क पछाडी होटल संचालकको करेन्ट लागेर मृत्यु भएको छ। मोहन्याल गाउँपालिका–५ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडी जानकी होटल संचालन गरी बसिरहेको ३८ वर्षीय अरुण बुढामगरको शुक्रवार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।