(नेपाल क्राईम) मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
(नेपाल क्राईम) नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा भएका छन्। नेपाली सेनाको सिफारिसमा केसीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो। अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएपछि गत भदौदेखि नेपाली सेनाको एक रथी पद रिक्त थियो। दुई जना रथीको दरबन्दी रहेकोमा निर्मलकुमार थापा मात्रै कार्यरत थिए। झण्डै दुई महिना
(नेपाल क्राईम) पूर्वराजा ज्ञानेन्द्र शाह (आज) लुम्बिनी जाने भएका छन्। शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी जान लागेका हुन्।
(नेपाल क्राईम) नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ। एक मन्त्रीले दिएको जानकारी अनुसार बढुवा हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल रहेका छन्। गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय, नक्सालको प्रशासन विभागमा कार्यरत छन्। गृह मन्त्रालयको बढुवा समितिको
(नेपाल क्राईम) राति १० बजेर ४६ मिनेट जाँदा काठमाडौँको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा लेखेका छन्।सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले यो भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामासमेत महसुस भएको छ ।
(नेपाल क्राईम) सशस्त्र प्रहरी बल नेपालका ६ जना डीएसपी र ३२ जना इन्सपेक्टरहरुको सरुवा भएको छ।बिहीबार उनीहरूको काज सरुवा गरिएको हो। प्रधान कार्यालय हलचोकको मानवस्रोत शाखाले उनीहरूको सरुवा गरिएको जानकारी दिएको छ।यसपछि अन्य सशस्त्र प्रहरी अधिकारीसहित जुनियर अफिसरको पनि सरुवा गरिने बताइएको छ।
सागर थापा दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले स्वरुप परिवर्तन (मोडिफाई) गरेर चलाउने २२ वटा बाईक र चालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले साईलेन्सर पाईपको स्वरूप परिवर्तन (मोडिफाई) गरी ठुलो अवाज निकाली (ध्वनी प्रदुषण) गरी ठुलो आवाज निकालेर सडकमा चलाएका मोटरसाईकलहरूलाई दाङ ट्राफिक प्रहरीले
(नेपाल क्राईम) कास्की र मनाङ जिल्लाको सिमाना अन्नपूर्ण २ लाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहिवार बिहान १० बजेर १३ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
(नेपाल क्राईम) काठमाण्डुको माइतीघरमा सहकारी पीडितहरू र प्रहरीबीच प्रर्दशनको क्रममा झडप भएको छ । सहकारी पीडितहरूको प्रदर्शनका क्रममा बुधबार दिउँसो झडप भएको छ । सहकारी पीडितहरू बानेश्वरतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको प्रहरीले जानकारी दिएको छ ।