सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता भएको प्रहरी निरीक्षक लामिछानेले बताए । जिमीको सशस्त्र प्रहरी, प्रहरी
(नेपाल क्राईम) मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
(नेपाल क्राईम) राति १० बजेर ४६ मिनेट जाँदा काठमाडौँको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा लेखेका छन्।सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले यो भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामासमेत महसुस भएको छ ।
(नेपाल क्राईम) सशस्त्र प्रहरी बल नेपालका ६ जना डीएसपी र ३२ जना इन्सपेक्टरहरुको सरुवा भएको छ।बिहीबार उनीहरूको काज सरुवा गरिएको हो। प्रधान कार्यालय हलचोकको मानवस्रोत शाखाले उनीहरूको सरुवा गरिएको जानकारी दिएको छ।यसपछि अन्य सशस्त्र प्रहरी अधिकारीसहित जुनियर अफिसरको पनि सरुवा गरिने बताइएको छ।
(नेपाल क्राईम) देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेको अवस्था छ।
(नेपाल क्राईम) देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।