(नेपाल क्राईम) नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । यसअघि उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेकी एआईजी किरण बज्राचार्य सेवानिवृत भएपछि उनको स्थानमा प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभाग (सीआईडी) प्रमुख तामाङलाई
(नेपाल क्राईम) गृह मन्त्रालयले तीन जना एसएसपीहरूको सरुवा गरेको छ । एसएसपी विनोद घिमिरेलाई काठमाडौं उपत्यका ट्राफिक कार्यालय राशाहपथमा सरुवा गरिएको छ । एसएसपी भुपेन्द्र खत्रीलाई नेपाल प्रहरी शिक्षालय भरतपुर, एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र एसएसपी श्यामकृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको स्रोतले जनाएको छ ।
(नेपाल क्राईम) नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई विदाइ गरेका छन् । मंगलबार नक्सालस्थित प्रहरी हेडक्वाटरमा आयोजित कार्यक्रममा आईजीपी कुँवरले अवकास प्राप्त एआईजीपी किरण बज्राचार्य, भीमप्रसाद ढकाल, केदार ढकाल र भरतबहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकासराज खनाल र डा.देउती गुरूङलाई विदाइ गरेका हुन् । कुँवरले सेवानिवृत्त
(नेपाल क्राईम) नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ
(नेपाल क्राईम) सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा सि.सं. १ प्राविधिक सशस्त्र प्रहरी सिनियर तथा जुनियर अधिकृत आधारभूत तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त तालिमको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूले आफ्नो सीप र दक्षता अभिवृद्धि गरेका छन्। तालिमको उद्देश्य सशस्त्र प्रहरी बलका अधिकृतहरूलाई प्राविधिक ज्ञान, नेतृत्व क्षमता, र व्यवस्थापन
(नेपाल क्राईम) सशस्त्र प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट श्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भीमदत्त नगरपालिका–६ ऐठपुरका २८ वर्षीय नवराज जैशी हुन्। सशस्त्र प्रहरीका अनुसार पुस १३ गते साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका जैशीलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो। उनलाई चेकजाँच गर्दा ५ लाख भारतीय रुपैयाँ फेला
(नेपाल क्राईम) धनकुटामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बु छन् । लिम्बुले ती बालिकालाई फकाएर चौबिसे गाउँपालिका–६ कै राजारानीस्थित होटलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरीका आधारमा सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
(नेपाल क्राईम) मंगलबार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. ६ स्थित उपमहानगरपालिका कार्यालय अगाडिको पसल छेउमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको
(नेपाल क्राईम) पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो ।
दक्षिण कोरियामा विमानस्थलमै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्था योनहाप न्युजले जनाएको ।