(नेपाल क्राईम) प्रहरीको जनपद समूहतर्फका वरिष्ठ हवलदारहरूलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा गर्न सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले
सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता भएको प्रहरी निरीक्षक लामिछानेले बताए । जिमीको सशस्त्र प्रहरी, प्रहरी
(नेपाल क्राईम) मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
(नेपाल क्राईम) नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा भएका छन्। नेपाली सेनाको सिफारिसमा केसीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो। अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएपछि गत भदौदेखि नेपाली सेनाको एक रथी पद रिक्त थियो। दुई जना रथीको दरबन्दी रहेकोमा निर्मलकुमार थापा मात्रै कार्यरत थिए। झण्डै दुई महिना
(नेपाल क्राईम) पूर्वराजा ज्ञानेन्द्र शाह (आज) लुम्बिनी जाने भएका छन्। शाहको सचिवालयका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी जान लागेका हुन्।
(नेपाल क्राईम) नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ। एक मन्त्रीले दिएको जानकारी अनुसार बढुवा हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल रहेका छन्। गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय, नक्सालको प्रशासन विभागमा कार्यरत छन्। गृह मन्त्रालयको बढुवा समितिको
(नेपाल क्राईम) राति १० बजेर ४६ मिनेट जाँदा काठमाडौँको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा लेखेका छन्।सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले यो भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामासमेत महसुस भएको छ ।
(नेपाल क्राईम) सशस्त्र प्रहरी बल नेपालका ६ जना डीएसपी र ३२ जना इन्सपेक्टरहरुको सरुवा भएको छ।बिहीबार उनीहरूको काज सरुवा गरिएको हो। प्रधान कार्यालय हलचोकको मानवस्रोत शाखाले उनीहरूको सरुवा गरिएको जानकारी दिएको छ।यसपछि अन्य सशस्त्र प्रहरी अधिकारीसहित जुनियर अफिसरको पनि सरुवा गरिने बताइएको छ।
चीनको सांघाईमा सहर क्षेत्रमा आएको तीव्र गतिको आँधीसँगै आएको वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ। बिहीवार फेङ्जियान जिल्लाबाट प्रवेश गरेको आँधीले करिब ६० हजार निर्माण क्षेत्रका श्रमिक विस्थापित भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।