Category: चीन

अतिरिक्त महानिरीक्षक पदमा दुई जना बढुवा कुवेर कडायत र रवीन्द्र केसी

                           (नेपाल क्राईम)                                                              नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक पदमा दुई जना बढुवा सिफारिस

लुम्बिनीका डीआईजीपी कार्कीद्वारा प्रमुखहरूलाई शान्ति सुरक्षा लगायत विविध विषयमा निर्देशन

(नेपाल क्राईम) लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख (डीआईजीपी) दानबहादुर कार्कीले मातहतका जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरूलाई शान्ति सुरक्षा लगायत विविध विषयमा निर्देशन दिएका छन् । बुधबार प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङबाट डीआईजीपी कार्कीले मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरूलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन दिएको प्रेस नोटमा उल्लेख छ । डीआईजीपी कार्कीले समग्र प्रदेशको शान्ति

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

(नेपाल क्राईम) जंगली हात्तीको आक्रमणमा झापाको कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ । स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिलाहरूसँग दाउरा खोज्न गएकी राजबंशी आज दिउँसो १२ बजेतिर एउटा हात्तीले लखेटेपछि जंगलमै हराइरहेकी थिइन् । हात्तीको लखेटाइमा महिला बेपत्ता भएको खबर पाएपछि नौ किलोमिटर टाढा रहेको इलाका

साइबर ब्युरोकाे अनुराेध

( नेपाल क्राईम) नेपाल प्रहरीकाे साइबर ब्युरोले हिजाेआज सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी ठगी हुने घटना अत्यधिक बढिरहेको भन्दै यसमा सचेत रहन सर्वसाधारणकाे ध्यानाकर्षण गराएकाे छ । फेसबुक, इन्स्टा, भाइबरलगायत सामाजिक सञ्जालहरूमा अनलाइन जबको आवरणमा विज्ञापनमार्फत विभिन्न किसिमका लिंक पठाउने, इसेवा, खल्तीलगायत विभिन्न वालेट तथा बैंक तथा वित्तीय संस्थाबाट बोलेको भनेर ओटीपी काेड मागी पैसा ट्रान्सफर

ज्यान लिने बाघ नियन्त्रणमा

(नेपाल क्राईम) मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने बाघलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको छ । चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।

१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

(नेपाल क्राईम) जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस

माइती नेपालले नेपालगञ्ज नाकाबाट ५९८ महिला तथा बालबालिकाको उद्धार

(रिशव वैश्य) बाँके माइती नेपाल नेपालगञ्जले २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरेको छ । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँग भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरिएको जानकारी

टेक बहादुर तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा

(नेपाल क्राईम) नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । यसअघि उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेकी एआईजी किरण बज्राचार्य सेवानिवृत भएपछि उनको स्थानमा प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभाग (सीआईडी) प्रमुख तामाङलाई

तीन जना एसएसपीहरूको सरुवा

(नेपाल क्राईम) गृह मन्त्रालयले तीन जना एसएसपीहरूको सरुवा गरेको छ । एसएसपी विनोद घिमिरेलाई काठमाडौं उपत्यका ट्राफिक कार्यालय राशाहपथमा सरुवा गरिएको छ । एसएसपी भुपेन्द्र खत्रीलाई नेपाल प्रहरी शिक्षालय भरतपुर, एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र एसएसपी श्यामकृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

प्रहरी सेवाबाट सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई विदाइ

  (नेपाल क्राईम) नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई विदाइ गरेका छन् । मंगलबार नक्सालस्थित प्रहरी हेडक्वाटरमा आयोजित कार्यक्रममा आईजीपी कुँवरले अवकास प्राप्त एआईजीपी किरण बज्राचार्य, भीमप्रसाद ढकाल, केदार ढकाल र भरतबहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकासराज खनाल र डा.देउती गुरूङलाई विदाइ गरेका हुन् । कुँवरले सेवानिवृत्त