(नेपाल क्राईम) आज बिहान गएको भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी स्थित प्रहरी चौकीमा क्षति भएको छ । भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन सामान्य चर्किएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए । आज (मंगलबार) बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सिगात्सेबाट ३५ किलोमिटर टाढा दिङ्गे क्षेत्रमा भूकम्प गएको
(नेपाल क्राईम) भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुई वटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको
(नेपाल क्राईम) सप्तरी : पैसा डबल बनाइदिने भन्दै सर्वसाधारणसँग रकम लिएर लाखौं रकम ठगी गर्ने एक गिरोहका नाइकेलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीका ४८ वर्षीय रामबहादुर रजकलाई प्रहरीले ठगी तथा अपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेत जानकारी
(नेपाल क्राईम) बझाङमा एक गर्भवती महिलाको बिचबाटोमै मृत्यु भएको छ।अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलका उमेश बोहराकी श्रीमती २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिचबाटोमै मृत्यु हो। गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुगाउनुपर्ने थियो। तर बिचबाटोमै उनले बच्चा जन्माएकी थिइन।जिल्लाको केदास्युँ गाउँपालिकाकी गर्भवती महिलाको मृत्यु भएको हो। अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१
(नेपाल क्राईम) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालय अन्तर्गत बढुवा समितिले नेपाल कृषि सेवाका विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा पदपुर्तिका लागि ९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गर्ने गरेको हो । जसमा नेपाल कृषि सेवा, बाली विकास (एग्रोनोनोमी) समूहतर्फ रिक्त
(महेन्द्र सिंह ) बाँकेको राप्ती सोनारी गाउँपालिका-२ स्थित इलाका प्रहरी कार्यालय धामपुर (बैजापुर) चौकीमा रहेका प्रहरी नायब निरीक्षक (सई) कमल थापालाई तानेर इलाका प्रहरी कार्यालय कोहलपुरका सई बल बहादुर घर्तीलाई नयाँ इन्चार्जको रूपमा पठाइएको छ। सई थापा विभिन्न विवादमा मुछिएपछि राप्ती नदीमा अवैध उत्खनन गर्ने गिरोहसँग मिलेमतो गरी असुली धन्दा चलाएको आरोप लगाउँदै समाचार सार्वजनिक
(नेपाल क्राईम) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, र भरतपुर तालिम शिक्षालयमा अब प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले नै कमान्ड गर्ने भएका छन्। यसअघि डीआईजीले यी कार्यालयहरूको कमान्ड सम्हाल्दै आएका थिए। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार, अब जसको दरबन्दी जहाँ छ, त्यहीँ खटाउने निर्णय गृह मन्त्रालयले गरेको हो।
(नेपाल क्राईम) नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक
(नेपाल क्राईम) आइतबारबाट गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु गरेको छ। पृथ्वीनारायण शाहले बाइसे-चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै आइतबार बिहान पदयात्रा सुरु भएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार नेपाली सेनाको ब्यान्ड बाजा, पन्चेबाजा बजाउँदै हनुमान चौताराबाट निस्केर टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले अश्राङ हुँदै बोर्लाङको घाटबेँसी पुर्याइने उनले
(नेपाल क्राईम) राष्ट्रिय अनुसन्धान विभागमा १० जना डीएसपीलाई एसपीमा बढुवा गरिएको छ। गत शुक्रबार बसेको बढुवा समितिको बैठकले विभागका विभिन्न पदाधिकारीलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो। एसपीमा बढुवा हुने डीएसपीहरूमा राजेन्द्र चन्द, सुमनकुमार भण्डारी, ठाकुरप्रसाद केसी, ललितनारायण चौधरी, डम्बरबहादुर श्रेष्ठ, राजु प्रसाद आचार्य, सुदिप ढकाल, सन्तोष ओझा, रेशम चौधरी र माया शङ्कर सिंह रहेका