Category: खेलकुद

आज नेपाल र हङकङ भिड्दै

(नेपाल क्राईम) चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपाल आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ । जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।यो खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।  

टी-२० सिरिजमा नेपालको विजयी सुरूवात

(नेपाल क्राईम) हङकङमा बुधबारदेखि सुरू भएको चारदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। हङकङको मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा कतारलाई ८ विकेटले पराजित गर्दै नेपालले सुखद सुरूवात गरेको हो। कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर भेट्टायो।

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित

(नेपाल क्राईम) नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजित गरेको हो। नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै इतिहास रच्न सफल भयो।

नेपालले म्यानमारको सामना गर्दै

(नेपाल क्राईम )                                                             फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ। फाइनल खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ

नेपाल र म्यानमार बीचको खेल बराबरीमा

(नेपाल क्राईम) अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमार बीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा भएको २-२ बराबरीमा नै सकिएको छ। यो बराबरीसँगै म्यानमार लिग विजेता र नेपाल उपविजेता बन्दै बुधबार फाइनल खेल्नेछन्।

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दै

(नेपाल क्राईम) अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ।     खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ।  आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका छन्। आजको खेल फाइनल नभएपनि फाइनल भिडन्त जस्तै हुने अपेक्षा गरिएको छ। नेपालले कीर्गिस्तान र लेबनानलाई समान एक गोलले हराउँदै उपाधि नजिक पुगेको

नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

(नेपाल क्राईम)                                                            नेपाल अन्तराष्ट्रिय  महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का

महिला च्याम्पियनसिप : आज लेबनानसँग खेल्दै नेपाल

(नेपाल क्राईम) अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । खेल दशरथ रगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।

महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

(नेपाल क्राईम)                                                      अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ ।दशरथ रंगशालामा भएको खेलमा आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १-० गोलले पराजित गर्‍यो । नेपालका बिमला चौधरीले खेलको

त्रिदेशीय महिला टी–२० आई श्रृङ्खलामा आज नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

(नेपाल क्राईम) त्रिदेशीय महिला टी–२० आई श्रृङ्खलामा आज नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् । लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । तर अपराजित रहेको थाइल्याण्डसामु नेपालका