(नेपाल क्राईम) नक्कली फेसबुक आइडी बनाएर बिहेको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा ७ हाईभिजिन कोलोनी बस्ने रुद्र बहादुर गुरुङ रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरिको हाईभिजन कोलोनीबाट आइतबार पक्राउ गरेको हो। उनले फेसबुकमा
(नेपाल क्राईम) दाङको तुलसीपुरबाट एक भारतीयसहित तीनजना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत रुपैडियाका ३४ वर्षीय इरफान राई, तुलसीपुर– ६ का २८ वर्षीय मनोज सुनार र १९ वर्षीय रञ्जित बुढाथोकी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले इरफानको साथबाट ३ ग्राम ८१२ मिलिग्राम ब्राउन
(नेपाल क्राईम) सुनको गरगहना चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ घर भई हेटौँडा ४ भैरवरोडमा डेरा गरी बस्ने
(नेपाल क्राईम) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगको हेटौडा कार्यालयले बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो । उनले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस माग गरेका थिए । आयोगले उक्त रकम घुस लिइसकेको अवस्थामा साहलाई
(नेपाल क्राईम) धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ । बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो ।
(नेपाल क्राईम) कपिलवस्तु प्रहरीले बुधबार ठूलो परिमाणमा लागु औषधसहित कारोबारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको विशेष सर्च अप्रेसनका क्रममा प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित कारोबारीलाई पक्राउ गरिएको हो । मंगलबार राति ९ बजे आएको विशेष सूचनाको आधारमा कृष्णनगर प्रहरीले सर्च अप्रेसन चलाएको र कृष्णनगर ३ हनुमानगढीबाट उक्त परिमाणको लागुऔषधसहित स्थानीय १९ वर्षीय