(नेपाल क्राईम) यार्सागुम्बा भन्दै यौनजन्य नक्कली औषधि उत्पादन गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछापको दोरम्बा गाउँपालिका २ का ३४ वर्षीय सुजन गौतम, काभ्रेको नमोबुद्ध नगरपालिका २ का २७ वर्षीय सुजन खड्का र ओखलढुंगाको सिद्धिरचण नगरपालिका ७ का ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)
(नेपाल क्राईम्) जुवातास खेलिरहेको अवस्थामा मोरङ प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–५, खेरुवाका ५० वर्षीय कर्ण मगरसहितका व्यक्तिहरू
(नेपाल क्राईम) मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन्। मनहरी गाउँपालिका–६ प्रतापुरका अम्मरबहादुर लोप्चनले साथी जीतबहादुर मोक्तानको हत्या गरेका हुन्। मध्यरातमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान
( रवि बर्णवाल) वीरगन्ज वीरगन्जबाट एक युवालाई सुनको चोरी पैठारी गरेको आरोपमा पक्राउ गरेको छ । वीरगन्ज–१५ भेडीयाही निवासी २८ वर्षीय जयप्रकाशकुमार सोनारलाई बुधबार वीरगन्ज–८ लिंक रोडस्थित सानिमा बैंक अगाडिबाट पक्राउ
(नेपाल क्राईम) कपिलवस्तुबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका–६ डुमरा बस्ने २१ वर्षीय सद्दाम हुसेन फकिर रहेका छन । फकिरलाई सोमबार प्रहरीले पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी निरन्जन भट्टले जानकारी दिएका छन । उनीबाट प्रहरीले डेन्जर टोइ एयर पेस्तोल लेखिएको एउटा पेस्तोल, ४३ छर्रा, ६ वटा
(नेपाल क्राईम) अपराध अनुसन्धान कार्यालय, टेकुको टाेलीले प्रतिबन्धित अनलाइन सट्टेबाजी गराउने पाँचथर घर भई ललितपुर बस्ने सुनील राईलाई पक्राउ गरेको हो । उनले विभिन्न खेलहरुमा ५५ करोड बराबरको कारोबार भएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।
(नेपाल क्राईम) नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ। विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्स-रे मेसिनमा जाँचका क्रममा २१ वर्षीय युक्रेनी नागरिक फिलिप जिल्को भिस्कीको झोलामा नाउरको सिङ फेला परेको थियो।नाउरको सिङ र नागरिकसहित अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)को कार्यालयमा बुझाएको छ।
(नेपाल क्राईम) सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो । पुराना घटनामा फरार सूचीमा रहेकाहरूलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त, स्वयम्भूले आफ्नै प्रहरी निरीक्षक अकौलिया पनि फरार सूचीमा रहेको फेला पारेको थियो । त्यसपछि उनलाई गएको ४ मंसिरमै जिल्ला अदालत,