(नेपाल क्राईम) नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी आइतबारबाट अनिवार्य अवकाशमा गएका छन्। उनी उमेरहदका कारण आज राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन्। प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजीहरु अवकाश हुने प्रावधान छ।
(नेपाल क्राईम) सल्यानमा बालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका- ४ बस्ने १९ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको
(नेपाल क्राईम) पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुस्ता गाउँपालिका–२, मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई
(नेपाल क्राईम) कञ्चनपुरमा लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारको सब्जी मन्डी जाने रोडमा युपी ०६ बिडी ८८०२ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई चेकजाँच गर्दा भारत उत्तराखण्ड जिल्ला उधमसिंहनगर खटिमा बस्ने २७ वर्षीय सलमान शाह र २४ वर्षीय प्रभजोत सिंह खिंडा पक्राउ परेका हुन्।
(नेपाल क्राईम) आकर्षक तलबमा दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका (६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् । उनलाई काठमाडौँबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । आकर्षक तलबमा दुबई पठाइ दिने भन्दै चित्रकारले पीडितसँग ४ लाख रुपैयाँ लिएको र त्यसपछि उनी
(नेपाल क्राईम) नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशन आज हुँदै छ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि
(नेपाल क्राईम) झापाको कमल गाउँपालिका-३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पूर्वपश्चिम लोक मार्गअन्तर्गत कमल-३ स्थित केर्खाबाट गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।त्यहाँस्थित पूर्वपश्चिम लोकमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको
(नेपाल क्राईम) जिल्ला प्रहरी कार्यालय मोरङले रंगेली नगरपालिका–८ दर्वेशा बस्ने ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई स्रोत नखुलेको नगद ४७ लाख ४९ हजार रूपियाँसहित मंगलबार दिउँसो पक्राउ गरेको छ । अग्रवालको घरमा स्रोत नखुलेको नगद लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ४७ लाख ४९ हजार नगद फेला