Category: अन्तर्राष्ट्रिय

आइतबारबाट गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु

(नेपाल क्राईम) आइतबारबाट गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु गरेको छ। पृथ्वीनारायण शाहले बाइसे-चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै आइतबार बिहान पदयात्रा सुरु भएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार नेपाली सेनाको ब्यान्ड बाजा, पन्चेबाजा बजाउँदै हनुमान चौताराबाट निस्केर टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले अश्राङ हुँदै बोर्लाङको घाटबेँसी पुर्‍याइने उनले

राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)मा १० जना डीएसपीलाई एसपीमा बढुवा

(नेपाल क्राईम) राष्ट्रिय अनुसन्धान विभागमा १० जना डीएसपीलाई एसपीमा बढुवा गरिएको छ। गत शुक्रबार बसेको बढुवा समितिको बैठकले विभागका विभिन्न पदाधिकारीलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो। एसपीमा बढुवा हुने डीएसपीहरूमा राजेन्द्र चन्द, सुमनकुमार भण्डारी, ठाकुरप्रसाद केसी, ललितनारायण चौधरी, डम्बरबहादुर श्रेष्ठ, राजु प्रसाद आचार्य, सुदिप ढकाल, सन्तोष ओझा,  रेशम चौधरी र माया शङ्कर सिंह रहेका

गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदै

(नेपाल क्राईम) गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित छन्। प्रत्येक वर्ष जनवरी ५ तारिखका दिन गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइन्छ । भारतको पटनामा सन् १६६६ मा जन्मेका गोविन्द सिंह सन् १६७५ नोभेम्बर ११ तारिखका दिन आफ्ना बुबा तेघबहादुरको निधनपछि

सशस्त्रका हाकिम हेडक्वाटरको निशानामा

(नेपाल क्राईम) सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सीमावर्ती तीन प्रदेशका डिआइजीलाई मुख्यालय हल्चोकमा तानेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका डिआइजीलाई सीमा सुरक्षा विभाग प्रमुख सिपी गौतमसमक्ष उपस्थित गराइएको छ। सीमा सुरक्षामा समस्या देखिएको र व्यवसायिकतामा प्रश्न उठेकी भन्दै उनीहरू तानिएका हुन्। जसमध्ये कोशी प्रदेशका डिआइजी शम्भु सुवेदी व्यक्तिगत कामका लागि भन्दै अमेरिका गएका छन्।

स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलायो

(नेपाल क्राईम) सर्लाहीको रमानगर वडा नम्बर ५ बैजनाथमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ । मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उक्त स्थानमा प्रहरीले मापसे चेक गरिरहेको थियो । मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका

दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको जिम्मेवारी सम्हालेपछि शान्ति सुरक्षा, तस्करी नियन्त्रण र राजश्व संकलनमा जोड दिए

(नेपाल क्राईम) नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको जिम्मेवारी सम्हालेपछि शान्ति सुरक्षा, तस्करी नियन्त्रण र राजश्व संकलनमा जोड दिएका छन् । डीआईजीपी कार्कीले लुम्बिनी प्रदेशका भारतसँग सिमाना जोडिएका जिल्लाहरूबाट हुने तस्करी नियन्त्रणमा माहतलाई निर्देशन दिएका छन् । कार्कीको निर्देशनपछि कपिलवस्तु, बाँके, रुपन्देही, बर्दिया, नवलपरासीका जिल्लामा तस्करी नियन्त्रण हुन थालेको

लागुऔषधसहित १० जना पक्राउ

(नेपाल क्राईम)                                    एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच ठाउँका साथै टीकापुर क्षेत्रबाट गरी झण्डै साढे आठ ग्राम खैरो हिरोइन र

आजको मौसम

(नेपाल क्राईम) मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको लागेको छ। दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ। राति हिमाली भूभागको  एकाध स्थानमा आंशिक बदली रहने सम्भावना छ। हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले  सावधनी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विभिन्न नाममा अनलाइन ठगी बढेको भन्दै सचेत रहन आग्रह

(नेपाल क्राईम) प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विभिन्न नाममा अनलाइन ठगी बढेको भन्दै सचेत रहन आग्रह गरेको छ। सीआईबीले शुक्रबार सर्वसाधारणका लागि सूचना जारी गर्दै ठगिनबाट जोगिन आग्रह गरेको हाे । सामाजिक सञ्जालको दुरुपयोग गरी देशैभर ठगीका घटना बढेको सीआईबीले जनाएको छ। ब्युरोले हाल विभिन्न ठगीका घटनाको अनुसन्धान गरिरहेको छ। ठगीका घटना बढेकाले अपरिचित व्यक्तिको

कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरलाइन्सको उडान नम्बर एच ९५७२ मा सवार एक नेपाली यात्रुको मृत्यु

(नेपाल क्राईम) कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरलाइन्सको उडान नम्बर एच ९५७२ मा सवार एक नेपाली यात्रुको मृत्यु भएको छ। विमानले स्थानीय समयअनुसार २ बजेर ३४ मिनेटमा कुवेतबाट उडान भरेको थियो। उडानकै क्रममा केही घण्टापछि ती यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि विमानलाई आपतकालीन अवतरणका लागि ओमानको मस्कट विमानस्थल लगिएको थियो। मस्कटमा चिकित्सकले ती यात्रुको मृत्यु पुष्टि