(नेपाल क्राईम) गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाण्डौबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।
(नेपाल क्राईम) कैलालीमा १३ ग्राम लागुऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको छ। बुधबार टिकापुर नगरपालिका–९ खक्रौलामा ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले १३ ग्राम १६० मिलीग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ सत्तिनगर बस्ने २२ वर्षीय मुकेश कामर डगौरा र २३ वर्षीया सिर्जना
(नेपाल क्राईम) प्रहरी महानिरीक्षक सन्त बहादुर कुँवरले कास्कीको पोखरा महानगरपालिका–६ स्थित वडा प्रहरी कार्यालय वैदामको नवनिर्मित भवन उद्घाटन गरेका छन् । नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच कुँवरले उद्घाटन गरेका हुन् । नवनिर्मित भवन उद्घाटनसँगै कुँवरले अवलोकन समेत गरेका छन् ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा लमजुङ ८ घर भई काठमाडौं टोखा नगरपालिका–६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका– ८ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–४ पासीकोट बस्ने ३१ वर्षीय इच्छा गुरूङ रहेका छन् ।
(नेपाल क्राईम) प्रहरीले धरानमा दुई गाडी गाँजा नियन्त्रणमा लिएको छ । धनकुटाबाट धरानतर्फ आइरहेको गाँजा बोकेको गाडी नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४ राउण्ड गोली फायर
(नेपाल क्राईम) बर्दियामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–४, मगरपुरस्थित कृष्ण अधिकारीको कुखुरा फार्ममा जुवातास खेलिरहेको अवस्थामा
(नेपाल क्राईम) बझाङमा भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।बित्थडचिर गाउँपालिका–१ ४१ वर्षीय पूर्णबहादुर बोहरा र ३९ वर्षीय रामबहादुर खड्कालाई पक्राउ गरिएको हो।