(नेपाल क्राईम) क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरी ५० लाख रुपैयाँ असुलिएको घटनामा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका दुई प्रहरी पक्राउ परेका छन्। हवल्दार गणेश खड्का र जवान साजन शर्मा चपाईलाई परिसरले थुनामा राखी मुद्दा अघि बढाएको छ।
(नेपाल क्राईम) बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। छेलाबाट दशरथचन्द नगरपालिका ३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जीप अनियन्त्रित भएर बिहीबार राति १० बजेतिर डुवापानी भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि जीपमा सवार ८ जनामध्ये ६ जना घाइते भएका छन्।
(नेपाल क्राईम) सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद खारेजीको माग गरिएको रिट खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बिहीबार रिट खारेज गरिदिएको हो।
(नेपाल क्राईम) नौबिसे–मुग्लिन सडकखण्डको चिरौँदी खोलानजिक पहिरोले कार बगाउँदा चार जना घाइते भएका छन्। गजुरीबाट काठमाडौं आउँदै गरेको बा २ च ७८८५ नम्बरको कारलाई
(नेपाल क्राईम) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार राति (आज) देखि आइतबारसम्म (असोज १०–१३ गतेसम्म) देशैभर ठूलो पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । “असोज १० गते बिहीबारदेखि १३ गते आइतबारसम्म ठूलो पानी पर्ने सम्भावना छ । विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्ला र मधेस, कर्णाली
(नेपाल क्राईम) काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे