(नेपाल क्राईम) गृहमन्त्री रमेश लेखकले सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । मंगलवार रुपन्देहीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिएका हुन् । उनले आफ्नो कार्य क्षेत्रमा गइसकेपछि अब फेरि सीमा क्षेत्रमा तस्करी भइरहेको र राजश्व चुहावट भइरहेको कुरा सुन्न नपर्ने गरी तस्करी नियन्त्रण गर्न निर्देशन दिए ।
(नेपाल क्राईम) नेपाल भारत सीमा क्षेत्रबाट ठूलो परिणाममा तस्करी गराएको आरोपमा सशस्त्र प्रहरी मूख्यालयले धनुषा स्थित ८ गणका एसपी दर्शन गिरीसहित एक दर्जन अधिकृतलाई कारवाहीको
(नेपाल क्राईम) त्रिनगर-गौरीफन्टा नाका आज दिनभर बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उक्त नाका बिहान ६ बजेदेखि नै बन्द भएको हो। कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भारतको लखीमपुर पलियामा नगरपरिषदको रिक्त रहेको अध्यक्ष पदका लागि उपचुनाव भइरहेकाले कैलालीसँग सिमा जोडिएका नाका आज बन्द गरिएको जानकारी दिए।
(नेपाल क्राईम) एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपाल र भारत आज (मंगलबार) आमनेसामने हुँदैछन् । एक खेल अगावै सुपर फोरमा प्रवेश गरेको नेपाल र भारत आमनेसामने हुन लागेका हुन् । खेल मलेसियाको वायुमास ओभलमा बिहान पौन १२ बजे सुरु हुनेछ ।
(नेपाल क्राईम) प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा जिम्मेवारी सम्हालेका छन् । आइतबार दाङको तुलसीपुरस्थित लुम्बिनी प्रदेश प्रहरीको कार्यालयस्थित कार्यकक्षमा कार्यभार सम्हालेको प्रेस नोटमा उल्लेख छ । डीआईजीपी कार्कीलाई कार्यालय परिसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठसहितका प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन् ।
(नेपाल क्राईम) कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको लु१ज ४२९८ नम्बरको विङ्गर मिनी बस लमही–कोहलपुर सडकखण्ड अन्तर्गत लमही नगरपालिका– ९ च्याउ खोला भन्ने स्थानमा आज बिहान दुर्घटना हुँदा कपिलवस्तुको शिवराज नगरपालिका ३
(नेपाल क्राईम) काठमाडौंका पूर्वमेयर, पूर्वमन्त्री पीएल सिंहको निधन भएको छ। परिवार स्रोतका अनुसार पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो। २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए। ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए।
(नेपाल क्राईम) नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी आइतबारबाट अनिवार्य अवकाशमा गएका छन्। उनी उमेरहदका कारण आज राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन्। प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजीहरु अवकाश हुने प्रावधान छ।
(नेपाल क्राईम) सल्यानमा बालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका- ४ बस्ने १९ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको