(नेपाल क्राईम) कपिलवस्तु प्रहरीले बुधबार ठूलो परिमाणमा लागु औषधसहित कारोबारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको विशेष सर्च अप्रेसनका क्रममा प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित कारोबारीलाई पक्राउ गरिएको हो । मंगलबार राति ९ बजे आएको विशेष सूचनाको आधारमा कृष्णनगर प्रहरीले सर्च अप्रेसन चलाएको र कृष्णनगर ३ हनुमानगढीबाट उक्त परिमाणको लागुऔषधसहित स्थानीय १९ वर्षीय
(नेपाल क्राईम) कैलालीको चौकीडाडामा एक प्रहरीमाथि अभद्र व्यवहार भएको छ। जिल्लाको गोदावरी नगरपालिकास्थित वडा नम्बर ३ चौकीडाडामा ड्युटीमा खटिएका एक प्रहरीमाथि हातपात
(नेपाल क्राईम) कैलालीमा प्रहरीकै कर्मचारीले तस्करीका माल सामान बिक्रीवितरण गर्ने गरेको खुलेको छ। जिल्लाको धनगढीस्थित त्रिनगर सीमानाका क्षेत्रमा एक प्रहरी हवल्दारले तस्करीको सामान बिक्री गर्ने गरेको बताइएको हो। सो विषय बाहिरिएपछि त्रिनगर प्रहरी चौकीका तत्कालीन प्रहरी सहायक हवल्दार विक्रम चन्दमाथि छानबिन थालिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयमा तानेर छानबिन थालिएको हो। चन्दले ९ महिनादेखि तस्करीको
(नेपाल क्राईम) सुर्खेतको धार्मिक शक्तिपीठ देउती बज्यै मन्दिर परिसरमा पुजारी मृत भेटिएकी छिन् । बुधबार बिहान मुख्य मन्दिरको पूर्वी ढोकामा ५० वर्षकी सरस्वती राजी मृत अस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार राजीको शव सलमा झुण्डिएको अवस्थामा भेटिएको छ । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले बताए ।
(नेपाल क्राईम) प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सेवानिवृत्त भएका एआईजीद्वय रामदत्त जोशी र किरण राणासँगै डीआईजी राजेशनाथ बास्तोलालाई मंगलबार विदाई
(नेपाल क्राईम) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस र स्रोत नखुलेको ९६ हजार ८०० रुपैयाँसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । कपिलवस्तु जिल्ला अदालतका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे पक्राउ परेका हुन् । बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको
(नेपाल क्राईम) नेपाली सेनाको रथीमा प्रदीप जंग केसी सिफारिस भएका छन् । सेनाले रिक्त रहेको रथी पदमा केसीलाई बढुवा गर्न ७ दिने सूचना जारी गरेको हो । मध्य पृतना हेटौँडाका पृतनापति समेत रहेका केसी हालका उपरथीहरूमा सबैभन्दा वरिष्ठ हुन्।
(नेपाल क्राईम) नेपाली काग्रेसका सांसद राजेन्द्र बजगाईँले कांग्रेस नेता एवं संस्कृति पर्यटनमन्त्री बद्री पाण्डेमाथि घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रुपैयाँ घुस बुझाएको आरोप बजगाईँले मन्त्री पाण्डेमाथि लगाएका छन । बजगाईँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर