सयौँ सवारीचालक बाँके ट्राफिक प्रहरीको कारबाहीमा

(महेन्द्र  सिंह )                                                               बाँके जिल्ला  ट्राफिक नियमको उल्लंघन गरेर सवारीसाधन जथाभाबी चलाउने सयौँ सवारीचालकलाई बाँके  ट्राफिक  प्रहरीले कारबाही गरेको छ ।

विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेको ट्राफिक प्रहरीले बाँके  जिल्लामा असोज महिनामा मात्रै ट्राफिक नियमविपरीत चलेका   २६७७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको जिल्ला प्रहरी  ट्राफिक कार्यालय बाँकेका प्रमुख पुस्कर राज पन्तले जनाएको छ । २०८१ असोज महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला ट्राफिक  प्रहरी कार्यालय  बाँके प्रमुख पन्तले ट्राफिक नियमविपरीत चलाइएका २६७७ वटा सवारीसाधनलाई कारबाही गरेर एकै महिनामा २४ लाख चार हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *